एमालेभित्रबाट जातीय फुटको शुरुवात

एमालेभित्रबाट जातीय फुटको शुरुवात


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अशोक राईसहितका आदिवासी जानजाति र मधेसी नेताहरुले नयाँ पार्टी गठन गर्ने भएका छन् । पार्टी नेतृत्वले आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतका पिछडिएका वर्गहरुले अधिकार पाउने अन्तिम समयमा आएर धोका दिएकाले एमाले छाड्न लागेको उनीहरुले बताएका छन् ।

एमाले बाम्हण क्षेत्रीको मात्र पार्टी भएको भन्दै नयाँ पार्टी गठनको गृहकार्य थालिएको बैकल्पिक पोलिटव्युरो सदस्य विजय सुब्बाले अब बन्ने नयाँ पार्टीमा सबै अटाउने बताए । ‘अहिले हामी नयाँ पार्टी गठनको पहिलो चरणमा छौं, हामी पार्टीमा प्रष्ट विचार भएका सबै अटाउँछन् र हाम्रो एजेण्डा पहिचानसहितको संघीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, मजदुर, श्रमजीवीको पक्षमा नै हुन्छ’ सुब्बाले बताए ।

आदिवासी जानजाति र मधेसी नेताहरुले गठन गर्ने पार्टीको नेतृत्व उपाध्यक्ष राईले गर्ने लगभग पक्का छ । राईले हालै मात्र स्थायी समितिको बैठकमा पहिचानसहितको संघीयता स्वीकार नगरिए पार्टी छाड्ने चेतावनी दिएका छन् । श्रोतका अनुसार एमालेका जनजाति नेताहरु राई र सुब्बासँगै रामचन्द्र झा, किरण गुरुङ, दलबहादुर राना लगायतका नेताहरु नयाँ पार्टी गठनमा सक्रिय छन् ।
-देब, काठमाण्डौं, मेस