गजल(थाहा भयो)-बज्र कुमार राई

गजल(थाहा भयो)-बज्र कुमार राई


मायाको बन्धन के रहेछ, टुटेपछि थाहा भयो।
बीच यात्रामै उनको साथ, छुटेपछि थाहा भयो ।।

मान्छेको ईज्जत कति अनमोल हुँदोरहेछ !
थाहै नपाई कसैले, त्यो लुटेपछि थाहा भयो।।

बारम्बार फाटेको जिन्दगी कति नराम्रो देख्छ !
जताततै टालो हाल्दै, खुटेपछि थाहा भयो ।।

बेदनाको चिसोले मन कसरी हरदम कठांग्रिन्छ !
आफ्नै आँशुको असिनाले, चुटेपछि थाहा भयो ।।

रंगीन सपना, विपनामा कति टुक्रा भए आज,
शीशासरि विव्हल मुटु फुटेपछि थाहा भयो ।।