लण्डन । संयुक्त अधिराज्यस्थित नेपाली राजदूतावासमा २८ मे २०१२ का दिन पाँचौ गणतन्त्र दिवस एक समारोहको आयोजना गरी मनाइयो । गणतन्त्र दिवस तीन दिनसम्म दिपावलीका साथै मे २८ तारिखका दिन एक रात्रिभोजको आयोजना गरी मनाइयो । उक्त कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु, समाजसेवी, व्यापारी, प्रवुर्द्धवर्ग र केही विट्रिस नागरिकहरुको पनि उपस्थिति थियो । वक्ताहरुले गणतन्त्र दिवसको महत्व, गणतन्त्र ल्याउनमा नेपाली जनताहरुले खेलेको भूमिका, गणतन्त्र ल्याउन गरेको संघर्षको बारेमा चर्चा गरेका थियो ।
उक्त कार्यक्रममा ल्च्ल् को तर्फबाट उपाध्यक्ष महेन्द्र कंडेल, एनडीएफका सभापति दिनेश घिमिरे, रामहरी अधिकारी नेपाली फ्रेण्डशिप सोसाइटी, दिलिप महासेठ नेपाली मधेसी समाज यूके, केशवहादुर गुरुङ्ग नेसाका अध्यक्ष, श्रीमती आरती श्रेष्ठ उपाध्यक्ष नेपाल क्याटरिङ एसोसेसन, यूके, शशि थापा सुव्वा, प्रकाश शर्मा नेपाल प्रगतिशील समाज यूके, मुछेत्र गुरुङ्ग तमुधि, यूके, विजय थापा नेपाल टेलिभिजन, डा. अरुण झा मैथिलि सांस्कृतिक मंच, यूके, शान्ता संग्रौला नसिंङ्ग एसोसेसन यूके, सूर्य गुरुङ्ग एनआरएनका भूतपूर्व सभापतिले बोलेका थिए । कार्यक्रमको बीचमा कोमल मल्लले गणतन्त्रका शीर्षकमा कवितासमेत वाचन गरेकिथिईन् ।
महामहिम राजदूत डा. सुरेशचन्द्र चालिसेले समाजलाई परिवर्तन गर्न समय लाग्ने कुरा उल्लेख गर्दै राजनैतिक दलबीच एकता आवश्यक रहेको कुरा बताएका थिए । नयाँ नेपाल बनाउनको लागि सबैको सहयोग आवश्यक पर्नेमा पनि जोड दिएका थिए ।
उक्त कार्यक्रमको संचालन राजदूतावासका सहचारी सूर्य थापाले गरेका थिएभने स्वागत मन्तव्य राजदूतावासका काउन्सेलर तेजबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रमा राष्ट्रिय धुनका साथै ज्ञातअज्ञात सहीदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा राजदूतावासका कर्मचारीहरु तथा परिवारहरुको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु गरी करीव १०० जनाको उपस्थिति रहेको थियो ।
-नेरादू प्रतीक्षा
प्रतिक्रिया