लण्डन / प्रहरीका अनुसार आज बिहान सबेरै बिहारका रणवीर सेना प्रमुख ब्रम्हेश्वर सिंहलाई बिहारको भोजपुर जिल्लामा गोली हानेर हत्या गरेको समाचार प्रकाशमा आएको छ । नवादा शहरको कटिरा मोहल्लामा ब्र्रम्हेश्वर सिंह बिहान सयरमा निस्कँदा नकाब लगाएका बन्दुकधारीहरुले दनादन सयौ गोली दागेर हत्या गरेका थिए । विभिन्न आपराधहरुका मुद्धामा जीवनकैदको सजाय काटिरहेका ब्रम्हेश्वर सिंह ऊर्फ मुखिया गत वर्षको अप्रिल महिनामा जेलमुक्त भएको थियो । कथित उपल्लो जातको निजी मिलिशिया फौज रनवीर सेनाका प्रमुख सिंह कैयौ मानिसहरुको हत्या तथा डिसेम्बर १९९६ सालमा लक्ष्मण बाथेका ६१ जना दलितहरुको सामूहिक हत्या गरेको जिम्मेवार उनलाई ठहर गरेको छ ।
सन् १९९० सालमा घटेको जहानाबाद जिल्ला, औरङ्गबाद र नवादाबादका हत्याकाण्डहरुमा समेत उनको हात रहेको मानिन्छ । उनको हत्याको खबर सुन्ने बित्तिकै रनवीर सेनाका कार्यकर्ताहरु सयौंको संख्यामा घटनास्थलमा जम्मा भएका थिए । उनीहरुले सरकार विरोधी नारा लगाइरहेका थिए तथा घटनास्थलमा आएका प्रहरीहरुलाई भगाउने प्रयास गरेका थिए । घटनास्थलमा पुगेका प्रहरी सुपरिन्टेन्डेन्टलाई समेत भगाउने प्रयास गरेको कुरा समाचारहरुमा सम्प्रेषन गरेका छन् । त्यस क्षेत्रमा अहिले प्रहरी गश्तीदलको संख्या बढाएर निगरानी गरि रहेका छन् । जतिबेला बिहार राज्यमा जातीय द्वन्द र जातीय मतभेदको मैलो वातावरण थियो त्यतिबेला सन् १९९० सालमा ब्रम्हेश्वर सिंहले आफ्नो खतरनाक फौजको स्थापना गरेका थिए । लक्ष्मणपुरको सामूहिक हत्याकाण्ड साथसाथै उनको फौजले मियाँपुर र बाथोनी टोलामा पनि सामूहिक हत्याकाण्ड मच्चाएका थिए । प्रहरीका अनुसार सन् १९९५देखि सन् २०००सालसम्म यस संगठनले २९वटा सामूहिक हत्याकाण्डहरु गरेको थियो । बामपन्थी र राज्य प्रहरीको निमित्त यो संगठन प्रतिद्वन्द्वीको रुपमा उभिएको थियो । २२ वटा मुद्धाहरु विचाराधीन् रहेको अवस्थामा पछिल्लो पटक जमानतमा उनी रिहा भएका थिए । गतवर्ष बिहारको अदालतले १६ जनालाई लक्ष्मणपुर बाथे काण्डको सामूहिक हत्याकाण्डको आरोपमा मृत्युदण्डको सजाए दिएको थियो भने १० जनालाई उमेर कैदको सजाय सुनाएको थियो । उनी त्यस फैसलामा सजा पाउनुबाट बचेका थिए । श्रोत – हिन्दुस्तान टाइम्स्, सुमल, मेस ।
प्रतिक्रिया