दक्षिणपूर्व लण्डन सामुदायिक भवन

दक्षिणपूर्व लण्डन सामुदायिक भवन


लण्डन । थोपा थापा मिलेर समुन्द्र बन्दछ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै केही समयअघिदेखि दक्षिणपूर्व क्षेत्रीय तमूधिं लण्डनको संयोजकत्वमा यस क्षेत्रमा नेपालीहरुका लागि एउटा सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले बृहत चन्दा सङ्कलन गरिरहेको छ । सामुदायिक भवन निर्माणका मुख्य संयोजक श्रीचन्द्र गुरुङका अनुसार हालसम्म एकलाख पाउण्डभन्दा बढि रकम सङ्कलन भइसकेको कुरा मे.स.लाई हिजो अवगत गरेका थिए । हिजो राति आबीवूड, लण्डनस्थित क्याप्टैन रिटायर्ड कमल गुरुङका निवासमा सामुदायिक निर्माण समितिका सल्लाहकार सुमल कुमार गुरुङ, संयोजक श्रीचन्द्र गुरुङ, सल्लाहकार शिवराम गुरुङ तथा समितिका केही महिलाहरुका उपस्थितिमा क्याप्टैन रिटायर्ड कमल गुरुङ तथा उनका श्रीमती सरस्वती गुरुङले भवन निर्माणका लागि ११११.११ पाउण्ड रकमको सहयोग रकम संयोजक श्रीचन्द्र गुरुङलाई हस्तान्तरण गरेका थिए ।
सामुदायिक भवन निर्माणका लागि हालसम्म सबैभन्दा बढी रकम सहयोग दिने चन्ददाताहरुमा दक्षिणपूर्व क्षेत्रीय तमूधिं, लण्डनका अध्यक्ष क्याप्टैन रिटायर्ड नारायण बहादुर गुरुङले पाँच हजार पाउण्ड रकम भवन निर्माणका लागि दिएका छन् । हिजोको रकम हस्तान्तरण गर्ने अवसरमा क्याप्टैन रिटायर्ड कमल गुरुङले …नेपाली समाजलाई यस क्षेत्रमा एउटा सामुदायिक भवनको अछि आवश्यकता रहेको छ, हामीले सधैं अरुको हलहरु भाडा तिरेर कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ तर्सथ हाम्रै आपनो एउटा सामुदायिक भवन हुनुपर्छ र यस कार्यका लागि मेरो तर्फबाट सधै सहयोग हुनेछ … भनेका थिए । यस कार्यका लागि दक्षिणपूर्व लण्डनका महिलाहरुका समूहले ठूलो सहयोग गरेकोछ । गतसालदेखि देउसीभैलो र घरदैलो कार्यक्रमहरु अघि बढाउँदै रकम सङ्कलन अभियानमा महिला समूहले तीवर्ता दिँदै आएको छ । -सुमल, मेस ।