ओखलढुंगामा पनि बम विष्फोट

ओखलढुंगामा पनि बम विष्फोट


नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान ओखलढुंगामा बम विस्फोट गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसको चुनावीसभामा कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ भने आजै सोही स्ठानमा हुने वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले(का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।