हङकङ नेपालीमञ्च यूकेको अधिवेशन सम्पन्न

हङकङ नेपालीमञ्च यूकेको अधिवेशन सम्पन्न


लण्डन । हिजो १६ जून २०१२, शनिवारको दिनमा फार्नबोरोस्थित कम्यूनिटी सेन्टरमा हङकङ नेपालीमञ्च यूकेको प्रथम अधिवेशन सम्पन्न भएको छ । मञ्चका अध्यक्ष्क्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको खुलासत्रलाई मञ्चाका सचिव विश्वजंग गुरुङले सञ्चालन गरेका थिए । अत्यन्त सरल तरिकाले सञ्चालन गरिएको अधिवेशनमा हालसम्मका प्रतिवेदनहरु (कोषाध्यक्ष, दुर्गा गुरुङ, सचिव विश्वजंग गुरुङद्वारा प्रस्तुत) उपर छलफल गरेर हलले पारित गरेको थियो । त्यसपछि मस्यौदा विधानमाथि (अध्यक्ष प्रेम गुरुङद्वारा प्रस्तुत) बृहत छलफल गरेर हङकङ नेपालीमञ्चको विधानलाई केही संशोधन गर्ने गरी हलले पारित गरेको थियो । हलमा सहभागी सबै सदस्यहरुले संस्थाको विकासका लागि आ—आफ्नो अभिमत जाहेर गरेका थिए । अन्तमा अध्यक्ष प्रेम गुरुङले वर्तमान कार्यकारी समितिलाई विघटन गरी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए तथा बन्द सत्रका लागि तीन सदस्यीय अध्यक्ष मण्डललाई निर्वाचन सञ्चालनका लागि हस्तान्तरण गरेका थिए । यस भेलामा मञ्चका सल्लाहकारहरु क्रमसः सुमल कुमार गुरुङ, एकेन्द्र गुरुङ, मधुकर गुरुङ तथा हरिकाजी गुरुङ उपस्थित थिए । अधिवेशनका लागि एकेन्द्र गुरुङको संयोजकत्वमा तीन सदस्यीय अध्यक्ष मण्डल क्रमसः एकेन्द्र गुरुङ (संयोजक), सुमल गुरुङ तथा भीम बानियाँलाई मञ्चले नियुक्त गरेको थियो । यूकेको व्यस्तताले गर्दा यस अधिवेशनमा सदस्याहरुको सहभागिता धेरै थिएनन् तर पनि यस अधिवेशनले समय अभावको बावजुद ओम गुरुङको अध्यक्षता नयाँ समितिको गठन गरेको थियो । नयाँ समितिका लागि केही पदाधिकारीहरु क्रमशः उपाध्यक्षद्वय विश्वजंग गुरुङ, विजय लिन्खेप, सचिव भीम महेन्द्र निर्वाचित भएका छन् । बाँकी पदाधिकारीहरु र कार्याकारी समितिका सदस्यहरुलाई नयाँ समितिका पदाधिकारीहरुले नियुक्त गर्ने कुरा समय अभावको कारणले गर्दा हलले पारित गरेको थियो । सुमल, मेस ।