खोटांग हलेसी दोस्रो सम्पन्न

खोटांग हलेसी दोस्रो सम्पन्न


हंगकंग । गत २३ तारिख, याउमातेइ कम्युनिटि हलमा साँझको ७ बजेदेखि रातको ११ बजेसम्म भव्यताका साथ खोटांग हलेसी दोस्रो चलेको थियो । खोटांग समाजका अध्यक्ष सुवास रालाईले संस्थाको तर्फाट छोटो भनाइ राखेपछि सीधै साँस्कृतिक कार्यक्रम शुरु गरिएको थियो । यस कार्यक्रमको लागि सहयोग गर्ने व्यक्तिहरुलाई स्टेजमा बोलाएर सम्मान गरिएको थियो तर अन्य संघसंस्थाका पदाधिकारीहरुलाई भने बोलाइएको थिएन । संस्थाका सचिव मोहन गुरुंगले सम्पूर्ण कार्यक्रमको सञ्चालन गरेका थिए । नेपालबाट झिकाइएका कलाकारहरुमा राजेश पायल रालाई, हास्य कलाकार विल्सन विक्रम रालाई र नृत्यांगना पार्वती रालाई थिए । हास्य कलाकारले उपस्थित सबै दर्शकहरुलाई हुरुक्क हुनेगरी हँसाएका थिए । गीत गायन, नृत्यको बेजोड प्रस्तुति अनि हास्यको भरभार प्रयोगले गर्दाखेरि कार्यक्रम अत्यन्तै सफल भएको थियो । टिकट नपाएर र्फकने दर्शकहरु पनि प्रशस्तै रहेका थिए । नेपाली कलाकारहरुलाई आफ्नो कलाकारिता प्रस्तुत गर्न मिल्ने प्लेटर्फमको रुपमा हंगकंग भएको भन्दै स्टेजलाई ढोगेर कलाकारहरु बिदा भएका थिए ।-तस्वीरसहित याम, मेस
Click here to view the rest of the album