हंगकंगमा आँधीखोला साँझ तेस्रो सम्पन्न

हंगकंगमा आँधीखोला साँझ तेस्रो सम्पन्न


हंगकंग / स्याङ्जा जनसेवा हंगकंगले आँधीखोला साँझ तेस्रो गत २४ तारिख युनलोंग थिएटरमा साँझको ८ बजेबाट मध्यरातसम्म विविध कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा औपचारिक चरणमा संस्थाका अध्यक्ष कोमल थापाको अध्यक्षतामा संस्थाका सचिव भोजेन्द्र गुरुंगले सञ्चालन गरेका थिए भने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको रहेको सो कार्यक्रममा स्याङ्जा जिल्लाबाट हंगकंग आएर विभिन्न क्षेत्रहरुमा राम्रा काम गर्ने अनि आफ्नो जिल्लाको नाम राख्ने व्यक्तिहरुलाई स्टेजमा बोलाएर संस्थाका अध्यक्षबाट प्रमाणपत्रहरु प्रदान गरिएको थियो । त्यसरी औपचारिक कार्यक्रमको अन्त्य भएपछि साँस्कृतिक चरणको शुरुवात गरिएको थियो ।
यस साँस्कृतिक चरणको लागि नेपालबाट कलाकारहरु झिकाइएको थियो । पुरुषोत्तम न्यौपाने, मुना थापा र नरजंग गुरुंगले मगर संघ र तमू साँस्कृतिक परिवारका स्थानीय कलाकारहरुका साथ विभिन्न किसिमका साँस्कृतिक प्रस्तुतिहरु दिएर सहभागी दर्शकहरुको मन जित्न सफल भएका थिए । -याम, मेस,
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।