त्यस्ता फिल्म खेल्नु छैन-गरिमा पन्त

त्यस्ता फिल्म खेल्नु छैन-गरिमा पन्त


धेरैले नायिका गरिमा पन्तलाई नेपाली करिना कपुर भन्ने पनि गर्छन् । तर, उनी आफूलाई विदेशी नायिकाको नामसँग नजोड्न आग्रह गर्छिन् र भन्छिन्, –मलाई गरिमा नै भनिदिनुस् । उनी टेलिचलचित्रमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । टेलिफिल्म हुँदै ठूलो पर्दाको चलचित्रमा नायिकाको रूपमा स्थापित बन्न सफल भएकी गरिमाले अभिनय गरेको पछिल्लो चलचित्र किन लाग्छ माया यतिबेला काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ ।
० गरिमाको अर्थ थाहा छ त ?
– थाहा छ, यसको अर्थ इज्जत, पावर र गर्व गर्न लायक भन्ने हुन्छ ।
० तपाईं त्यस्तै हुनुहुन्छ त ?
– म अरूले मेरोबारेमा के भन्छन् मलाई थाहा छैन । तर, म गाउँबाट आएकी एउटी केटी यो ठाउँमा पुग्न सक्नु भनेको मेरो लागि गरिमाकै कुरा हो ।
० तर गरिमालाई त अनलक्की नायिका भन्छन् नि ?
– किन नि ?
० खै त गरिमाले खेलेको फिल्महरू त्यति हिट भएको देखिँदैन नि ?
– हिट त भएकै छन् नि, नत्र किन म व्यस्त हुन्थेँ र ? यो त सब मेरो डाहा गर्नेहरूले चलाएको हल्ला हो । अर्को कुरा, कुनै फिल्म नचल्नुको कारण सबै कलाकारलाई दिन मिल्छ र ?
० तपाईंलाई नेपालको करिना भन्छन् । उताकी करिनाले त बिहे गर्न लागेकी छिन् । अनि यताकी करिनाले कहिले गर्ने नि बिहे ?
– विवाहबारे अहिले नै सोचेकी छैन ।
० उसो भए ब्वाइपे्रmण्ड त होला नि ?
– त्यो त छैन अहिलेसम्म ।
० नभएकै हो कि भएर पनि ढाँटेको ?
– साँच्चै छैन । म त्यतातिर लाग्दिन अहिले ।
० अब त कलाकारको नामले फिल्म चल्न छाड्यो भन्छन् नि ?
– एक–दुईवटा नयाँ कलाकार भएको फिल्म चल्यो भन्दैमा सधैं त्यस्तो हुन्छ भन्न मिल्दैन । फिल्म चल्ने त कलाकारकै नामबाट हो ।
० अहिले गरिमाजस्तै पुराना कलाकारको क्रेज सकियो भन्छन् नि, हो ?
– म पहिलेभन्दा अहिले व्यस्त छु । कसरी भन्न मिल्छ क्रेज घट्यो भनेर ।
० अहिले त अश्लील चलचित्रहरूको बाढी नै आउन थाल्यो । यस्ता सिनेमाबाट अफर आएका छैनन् ?
– आएका छन् ।
० किन नखेलेको त ?
– यस्ता फिल्म खेल्नुभन्दा त फिल्मबाटै सन्न्यास लिन्छु । त्यस्ता फिल्म खेल्नु छैन ।
|src-ghatanarabichar