आज रातो मच्छिन्द्रनाथलाई तःबहालमा ल्याइने

आज रातो मच्छिन्द्रनाथलाई तःबहालमा ल्याइने


आज शनिबार साँझ बुङ्गमतीबाट पाटनस्थित तःबहाल ल्याइने भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई पानेजु पुजारी समूहले बोकेर तामदानीमा लमतन्न पारेर नाथलाई आकाशतर्फ दृष्टिगोचर गराउँदै तःबहाल ल्याइने प्रचलन रहेको छ ।

गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार ३ बजे बुङ्गमतीबाट यात्रा सुरु भई करिब दुई घण्टा पैदलयात्रा तय गरेपछि नाथलाई तःबहाल ल्याइनेछ । जावलाखेलमा भोटो देखाएपछि नाथलाई यसैगरी बुङ्गमती लगिएको थियो ।

छ महिना बुङ्मतीको बसोबासपछि यसरी नै नाथ शनिबार आगामी महिनाका लागि पाटन ल्याइन्छ । नाथ आउनुहुने भएपछि तःबहालमा विभिन्न भजन समूहले भजन गाउँछन् ।

बिदाइ हुने क्रममा बुङ्गमतीमा पनि यसै गरी शुभ भजन गाइएको छ । नाथप्रति श्रद्धा राख्नेहरू यहाँ पुलकित भइरहेका छन् । गोरखापत्रबाट