काठमाडौं । अन्ततः आदिवासी जनजातिहरुको पनि छुट्टै पार्टी गठन हुने भएको छ । हालै राजधानीमा भएको आदिवासी जनजाति राजनीतिक सम्मेलनले नयाँ पार्टी गठन गर्नुपर्ने निष्कर्ष निकालेको हो । ँप्रमुख राजनीतिक दलहरु बाहुनबादी पितृसत्तावादी र एकल उच्च जातीय प्रभुत्ववादी नेतृत्वको कब्जामा छन्, त्यसैले सामाजिक न्याय र समानताका पक्षमा आदिवासीवादको सिद्धान्तमा आधारित राजनीतिक दल निर्माण गर्नुपर्ने खाँचो छ’ महासंघको आयोजनामा भएको सम्मेलनपछि प्रस्तुत अवधारणापत्रमा भावी रणनीति अन्तर्गत नयाँ पार्टी गठनको विषय पनि समावेश गरिएको छ ।
ँआदिवासी जनजातिहरुको राजनीतिक शक्ति निर्माणको बिकल्प अव रहेन, त्यसकारण हाम्रो राजनीतिक शक्ति निर्माणको लागि जनस्तरसम्म हाम्रो अभियानलाई सबै आदिवासी जनजाति ब्यक्ति ब्यक्तित्व, संघ संगठन, जातीय संस्थाहरुले आआफनो ठाउंबाट अभियानको रुपमा जनस्तरसम्म पुराउँदै जानु पर्दछ’ अवधारणापत्रमा भनिएको छ -’राजनीतिक शक्ति निर्माण गर्नको लागि नेताले शुरु गर्ला अनि म पनि लाग्छु वा जनताले शुरु गर्ला अनि म नेतृत्व गर्छु भनेर पर्खेर नबसी सबैले आआफ्नो ठाउबाट जनआधार निर्माणको काम शुरु गरी दल खोली हाल्नुपर्छ ।’-देब, मेस, अनलाइन
प्रतिक्रिया