नेताहरुद्वारा बर्मेली चुनावको भ्रर्त्सना

नेताहरुद्वारा बर्मेली चुनावको भ्रर्त्सना


लण्डन । बहुप्रतीक्षित बर्मामा भएको हिजोको चुनावको नतिजालाई लिएर बेलायतका विदेश सचिव, विलियम हागले भ्रर्त्सना गर्दै बर्माका एकदमै कम जनताहरु चुनावमा सहभागिता जनाएकोलाई बितेको समापन भनेका छन् । जबसम्म मानव अधिकार र लोकतन्त्रको उठानको लागि भरपर्दो कदम उठाउँदैनन् तबसम्म सैनिक शासकहरुउपर बन्देज लागू गरिनेछ भनेर वचनबद्ध गरेका छन् कारण हिजोको चुनाव स्वतन्त्र र निष्पक्ष थिएन । उनले अघि भने, “ यसको अर्थ बर्माको सत्ता तिनै क्रूर सैनिक शासकहरुको हातमा जानेछ जुन शासकहरुबाट व्यापक मानव अधिकारको हनन् र जनतालाई शोषन गर्दै राष्ट्रको ढिकुटीको हारीलुट गर्नेछन्” । अमेरिकी राष्ट्रपति बराक ओबामाले निर्वाचन जस्तोसुकै हालतमा निष्पक्ष र धाँधलीरहित हुनुपर्ने कुराको घोषणा गरेका थिए । भूतपूर्व बेलायती प्रधानमन्त्री, गोर्डन ब्राउनले आफ्नो पत्नीको ट्वीटरमार्फत बर्माकी नेतृ आङ सान सु कीइ विश्वको सबैभन्दा साहसी बौद्धिक क्षमताकी बन्दी हुन् भनेर सम्प्रेषण गरेका छन् । सैनिक शासकहरुबाट परिचालित युनियन सोलिडारिटी एण्ड डिभलपमेन्ट पार्टीको जीत निश्चित रहेको छ, किनभने ११५९ सिटका लागि १११२ आफ्ना दलका प्रत्याशीहरु निर्वाचनमा उठाइएकाथियो र सरकारको विरोधी दल, नेशनल डेमोक्रेटिक फोर्सको केवल १६४जना प्रत्याशीहरु मात्र थिए । सयौं विरोधीदलका प्रत्याशीहरुलगायत नेतृ आङ सान् सु कीइ स्वयं घरमा बन्दी अथजा जेलहरुमा बन्दी बनाएर राखिएका छन् । कैयौं चुनावका उम्मेदवारहरु महंगो चुनावको रकम तिर्न नसकेकाले उम्मेदवारी दिन सकेका थिएनन् । एक चौथाइ सांसदहरुको सिट सेनाको लागि आरक्षित गरी राखिएको छ । यद्यपि चुनावमा जानेहरु धेरैले सैनिक शासकहरुको विरोधमा आफ्नो मत् दिएको कुरा जाहेर गरेका छन् । कुनै ठूलो अवरोध र हिंसाबिना हिजोको चुनाव समापन भएको कुरा समाचारमा आएको छ । नेतृ आङ सान् सु कीइलाई आउने शनिवारभित्र घरको नजरबन्दीबाट रिहाई गरिने आशंका गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।