जागीर जाने झोँकमा मालिकलाई प्रहार गर्ने नर्तकी

जागीर जाने झोँकमा मालिकलाई प्रहार गर्ने नर्तकी


लण्डन । आफूलाई नृत्य गर्दा रक्सीपान गरेको अभियोग लगाएर नोकरीबाट निकाल्ने भएपछि आवेशमा चर्किँदै गएको विवादमा एकजना वस्त्रविहीन स्ट्रिप नर्तकीले हाइ-हिल जुत्ताको एडीले प्रहार गरेर पब मालिक र उनको पत्नीलाई भुइँमा ढालेको अभियोगमा आदलतले तिनलाई दोषी ठहर्‍याएको छ ।
होली जसवाल नाम गरेकी नर्तकीलाई तिनको पालोको नाच सकेपछि अबदेखि तिनलाई काममा नचाँहिने कुरा सुनेपछि पबका मालिक र मालिक्नीलाई प्रहार गरेर भुइँमा ढालेकी थिईन् । त्यतिबेला ग्राहकहरु आएर तिनलाई रोकेका थिए । ज्यूरीको अघि आफ्नो बयानमा डेविड ओ ब्रायनले, …मेरो एउटा आँखो झण्डै मैले गुमाएँको थिएँ, त्यस घटनापछि मेरो व्यापार चौपट भयो, यस घटनाबाट मेरो आत्मविश्वास छताछुल्ल भएको छ र मेरी पत्नीलाई पनि त्यस्तै भएको छ… भनेर जताएका थिए । डेविड ओ ब्रायनले वोकिङ, सरेस्थित नाफिलमा दुर्इ वर्षदेखि क्राउन पब चलाउँदै आएका थिए । अहिले पब बन्द छ । पब बन्द हुनु अघिसम्म हप्ताको दुर्इ दिन स्ट्रिप नृत्य, गर्ने नर्तकीहरु आएर नृत्य पेश गर्थे । गत वर्ष जुलाई महिनामा ती नर्तकीलाई बाजी थाप्ने ग्राहकहरुले दाउ लगाएका थिए, तर, जसवाल खाली खुट्टा नाचिरहेकी थिईन् र तिनले जुत्ता लगाउन सकिरहेकी थिईनन् । ग्राहकहरुले जसवालको नृत्य गरेको ढंगलाई देखेर पब मालिकलाई विरोध गरेका थिए । जसवालको पालो सिद्धिएपछि ४३ वर्षीय ब्रायनले, …अबदेखि तिनलाई काममा बोलाउने छैन भने लगत्तै आँखामा साह्रै पीडा भएको बोध गरेँ त्यसपछि भुइँभरि मेरो र पत्नीको रगत देखें, मेरी पत्नी टोनी २ मिनटको लागि विहोश भएकी थिईन्, चुच्चो भएको हाइ-हिललाई हतियारस्वरुप प्रयोग गरेकी थिईन्… भनेर आदलतमा बयान दिएका छन् । ब्राइटन् निवासी जसवालले चर्को झगडा भएपछि प्रहार गरेर पब मालिक्नीलाई …तिम्रो यो हालत देख्दा मलाई केही जस्तो लाग्दैन, तिम्रो पति अरु केटीहरुसित मस्का मार्छ… भनेकिथिईन् । ज्युरीसमक्ष आफूले त्यतिबेला रक्सी सेवन गरेकी स्वीकार गरेकीछिन् , तर, रक्सी सेवनबाट आफुलाई कुनै असर नभएको बताउँछिन् । ओ ब्रायनकी पत्नीले आफूलाई जातीय भेदभाव गरेर शोषण गरेकी आरोप लगाएकीछिन् । आफूले आफ्नो आत्मसुरक्षाको लागि आक्रमण गरेकी थिईन् भनेर जनाएकीछिन् । अदालतले तिनलाई दोषी ठहर्‍याएका दुर्इवटा मुद्धालाई तिनले स्वीकार गरेकी छैनन् । श्रोत, मेट्रो, सुमल, मेस ।