पूर्वी अमेरिकामा विष्फोट गरिने कार्गो बम

पूर्वी अमेरिकामा विष्फोट गरिने कार्गो बम


लण्डन । बेलायती विमानस्थलमा कार्गो जहाजभित्र भेट्टाइएको बम अमेरिकाको पूर्वी तटमा विष्फोटन हुने गरी समय मिलाइएको जानकारी हिजो राति थाहा लागेको छ । प्रिन्टरको कार्टिजभित्र लुकाइएको विस्फोटक पदार्थ न्यूयोर्क, बोस्टन, वाशिङ्टन डीसी, फिलाडेल्पिmया र ओर्लाण्डो शहरहरुमा लक्षित गरी राखिएको आशंका गरेका थिए । तर, अर्को एउटा समाचारमा यूपीएसको जहाज कहिलेकाहि बाटो परिवर्तन गरेर उडान भर्ने हुनाले क्यानाडामाथि विस्फोट हुन सक्ने सम्भावना रहेको पनि बताएको थियो । दुर्इ हप्तापहिले मिड्ल्याण्डको विमानस्थलमा भेट्टाइएको बमको बारेमा कुन ठाउँलाई लक्षित गरी राखिएको थियो भन्ने नयाँ विवरणहरु म्ोट प्रहरीलाई थाहा लागेको समाचार प्राप्त भएको छ ।
यमेनबाट पठाइएको कार्गो बमलाई साउदी अरबका गुप्तचर विभागले दिएको सूचनाको आधारमा कार्गोभित्र त्यो बम फेला पारेको थियो । त्यतिबेलादेखि नै स्कटल्याण्डयार्डका अधिकारीहरुले यसबारे व्यापक अध्ययन गर्दै आएकाछन् । यमेनस्थित अलकायदाको समूहले बम कार्गो गरेर पठाएको स्वीकार गरेका छन् । पार्सलको रुपमा पठाएको बम चिकागोको ठेगानामा थियो र यसको मुख्य लक्ष्यचाँहि त्यस शहरमा अवस्थित यहुदीहरुको धार्मिकस्थल रहेको भवन थियो भनेर समाचारमा सम्प्रेषन गरेको छ । तर, कार्गो जहाजबाट बम ननिकालिएको भए अमेरिकाको पूर्ववर्ती तटहरुमा विस्फोटन् हुन्थ्यो भनेर स्कटल्याण्डयार्डका एकजना प्रवक्ताले भनेका छन् । अक्टुबर २९को दिनमा युपीएसको कार्गोवाहक जहाज बिहानपख तीन बजेर तीस मिनट जाँदा उडेको थियो र उडेको समयपछि सातघण्टाको विस्फोटन समय मिलाएको रहेछ भनेर प्रवक्ताले थप जानकारी दिएका थिए । त्यस्तैखाले अर्को विस्फोटक पदार्थ त्यसै दिन दुबईमा फेडेक्स कम्पनीको जहाजभित्र फेला पारेको समाचार प्रकाशमा आएको थियो । श्रोत – मेट्रो, खृ.साइन्स, सुमल, मेस ।