पारपाचुकेबाट बच्चालाई पक्षाघात हुने खतरा

पारपाचुकेबाट बच्चालाई पक्षाघात हुने खतरा


लण्डन । बच्चा जन्मेपछि बाबाआमा पारपाचुके भएर बसेका मानिसहरुका बच्चाहरु जीवनको उत्तरार्धमा बाबाआमासँगै बसेका बच्चाहरुको भन्दा दुई गुणा बढी पक्षघातबाट पीडित हुने कुरा अनुसन्धानकर्ताहरुले बताएका छन् । जब बाबाआमा छुटि्टएर बस्छन् बच्चाहरुलाई बाबाआमा छुटि्टनुको पीडाबोधले गर्दा रगतको गति औसत २ दशमलव २को दरले बढ्ने तथ्या पत्ता लागेको छ जसको कारणले गर्दा पछि उच्च राक्तचापबाट पीडित हुनजान्छ । अरुकारणबाट जस्तै सिगरेट सेवन्, मोटोपन् र मधुमेहरोगबाट पक्षाघात हुनेहरुलाई छाडेर यस विषयमा अनुसन्धान गर्दा दरिलो निष्कर्ष प्रष्टिएको छ । हालै टोरोन्टो विश्व विधालयद्वारा १३ हजार क्यानाडीयनहरुमा गरिएको अनुसन्धानबाट यो कुरा थाह लागेको समाचारहरुमा सम्प्रेषन गरेका छन् । बाबाआमाले पारपाचुके गर्दा पक्षाघात हुने होइन, तर, पारपाचुकेपछि बच्चाहरुले भोग्ने पीडाबोध र कतिपय अरु मानसिक उत्पीडनबाट जीवनको पछिल्लो समयहरुमा पक्षाघात जस्ता समस्याहरु बाबाआमाबाट छुटि्टएकाहरुमा दुई गुणा बढी भएको पाइएको छ । श्रोत – केयर २, सुमल, मेस ।