वाल कविता प्रतियोगिताको बृजा रोपण

वाल कविता प्रतियोगिताको बृजा रोपण


हङ्कङ । नोभेम्वर २१ आइतबार स्थानीय जोर्डन फेरी स्ट्रिट हेवेन्ली पाथाको सभाकक्षमा सो संस्थाको आयोजनामा धारावाहिक अर्धवार्षिक वाल विकास कार्यक्रमअनुरुप एन्जल भीम गुरुङको सभापतित्वमा हङकङमा वाल कविता वाचन प्रतियोगिता पहिलोचोटि सुसम्पन्न भएको छ ।
तेह्रजना मसिना सोह्र बर्ष मुनिका प्रतियोगि र चारजना अप्रतियोगीहरुले भाग लिएको सो प्रतियोगितामा प्रमुख अतिथि नेपाली महासंघका अध्यक्ष प्रदीप थापा, विभिन्न सघँ सस्थाका प्रतिनिधिहरु, साहित्यकारहरु पत्रकारहरु र अन्य विभिन्न व्यत्तिहरुको उपस्थित रहेको उक्त कार्यक्रमलाई साहित्यिक संयोजक कवि चन्द्र मादेन आन्छनले स्वागत मन्तब्य हेवेन्ली पाथका अध्यक्ष एन्जल वाल कुमार राईले वाल विकास कार्यक्रमको छोटो चर्चा र महासचिव एन्जल मोती चाम्लिङले कार्यक्रमको उदघोषण गरेका थिए ।
त्रय साहित्यकारहरु राई चन्द्र दुमी, कमल पौडेल र अशोक राईको निर्णायक मण्डलीले प्रथम-निङ्वा शत्ति मादेन (नौ बर्ष)को-आमा’, दि्वतीय-सन्जिला गुरुङ(बाह्र बर्ष)को- ‘सानो भएर के भो’ तृतीय-आयुश श्रेष्ठ(एघार बर्ष)को-एयर पोलुशन’ र शान्तवना-प्रेमिशा सुब्बा (सोह्र बर्ष) को-मेरो देश नेपाललाई उत्कृष्ठ बाल कवि र कवयित्रीको उपाधिले घोषणा गरेको थियो ।
अन्य बाल प्रतियोगि कवि र कवयित्रीहरु पुजा गुरुङ, अस्मिता पुन, समीक्षा गुरुङ, प्रेमन सुव्वा, कपन राई, प्रनिश राई, श्याम गरुङ, सन्दिप गुरुङ र मैसम राईले भाग लिएका थिए भने अप्रतियोगी ठूला कवि र कवयित्रीहरु चन्द्र मादेन आन्छन् ‘मोती चाम्लिङ, भीम गुरुङ र दिपा एवैछाले वाल शिक्षा कविता वाचन गरेका थिए । कार्यक्रमको बीचमा छ बर्ष वालिका निशाम् चेम्जोङले आकर्षित मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए भने निङ्वा शक्ति मादेनले भाइलोनको सुम्धुर धुन सुनाएका थिए ।
विजयी चारजना वाल कवि र कवयित्रीहरुलाई आगामी डिसेम्वर २६ आइतवारका दिन आयोजकको तर्फबाट वाहेक छुट्टै केवलपुरे किसान पुस्तकालय हङकङका’ संचालक एवँ अन्तर्राष्ट्रिय नेपाली साहित्यका का.वा. अध्यक्ष कमल पौडेलले आकर्षित पुरस्कारले विभुषित गरिने कुरा वाल विकास कार्यक्रमका संयोजक एंव पूर्व धरान मञ्चका अध्यक्ष प्रेम सुव्वाले बताएका छन् ।
-अणुरा रदुङ्गमा