भू.पू.सैनिकहरुले स्कुलहरुमा पढाउने

भू.पू.सैनिकहरुले स्कुलहरुमा पढाउने


लण्डन । हिजो थाहा लागेअनुसार अबदेखि सैनिकहरुलाई शिक्षकको प्रशिक्षण दिएर स्कुलहरुमा अनुशासन कायम गर्न र युवाहरुलाई अभिप्रेरित गर्ने अभिप्रायले स्कुलहरुमा पढाउन लगाउने जानकारी प्राप्त भएको छ । आर्मीका अफिसरहरुलाई शिक्षक तालिमको माध्यमबाट पढाउने क्षमता भएकाहरुलाई छनोट गरिनेछ र कार्यरत सैनिकहरुको डिग्री छैनभने शिक्षक पदकालागि योग्य बन्नको लागि तीन वर्षको बदलामा दुई वर्षको शिक्षक तालिम दिइनेछ । यस विषयलाई उद्धृत गर्दै शिक्षा सचिव, माइकल गोभेले आफ्नो मन्तव्य जाहेर गरेका छन् । उनका अनुसार …मेरो विचारमा सैनिक सेवामा काम गरिसकेका अधिकारीहरुमा साधारण शिक्षाबाट बञ्चित भएका युवावर्गहरुलाई पनि प्रेरित गर्ने क्षमता रहन्छ … र उनले अघि थपे …थाहा भएको कुरा के छ भने केही स्कुलहरुमा अनुशासनसम्बन्धी समस्याहरु छन् र जहाँ पहिलेदेखि नै ठूला शिक्षकहरु छन् उनीहरुकालागि सामूहिक कार्य, स्वअनुशासन र गौरवान्दित गर्ने कुराहरुमा सक्षम भएका सैनिक अफिसरहरुबाट मद्दत नहोला भन्ने म रत्तिभर सोच्न सक्दिनँ.. भनेर प्रकाश पारेका छन् । आर्मी, नेभी र रोयल एअरफोर्सबाट सेवा निवृत अफिसरहरुलाई इंग्ल्याण्डका प्राइमरी तथा सेकण्डरी स्कुलहरुमा प्रशिक्षण दिएर पढाउने योजनाको हृवाइट पेपर (श्वेत कागज) हिजो प्रस्तुत गरेको समाचारमा जनाएको छ । श्रोत – टेलिग्राफ, सुमल, मेस ।