जलवायु परिवर्तनबाट २१ हजारको मृत्यु

जलवायु परिवर्तनबाट २१ हजारको मृत्यु


लण्डन । बेमौसम बादल, आकाश गर्जिने र वृष्टिपात समयभन्दा पहिले नै आउनु भनेको जलवायु परिवर्तनको द्योतक हो । बेलायतमा अस्तिदेखि हिमपात भएकोलाई पनि जलवायु परिवर्तनको छनक मान्न सकिन्छ । पोहोर सालको अनुपातमा एकमहिना अघि नै हिमपात शुरु भएको छ । अस्ति एउटा प्रतिवेदनमा जलवायुको कारणबाट मान्छेहरुको मृत्यु वर्षभरिमा दुई गुणा बढेको तथ्य प्रकाशमा आएको छ ।
मेक्सिकोको क्यानकानमा जलवायु परिवर्तनको बारेमा छलफलका लागि शुरु गरेको पहिलो चरणमा नै जलवायु परिवर्तनको कारणबाट लगातार मृत्युदर बढ्दै जाने भय प्रतिवेदनहरुमा देखाएका छन् । यस वर्षको पहिलो नौ महिनाको तथ्यांक, अक्सफामबाट प्रस्तुत प्रतिवेदनमा जलवायुको परिवर्तनबाट प्रभावित चरम प्रकोपका कारण २१ हजार मानिसहरुको मृत्यु भएको दर्शाएको छ । विगत दश वर्षमा जलवायुको परिवर्तनको औसत घटनाहरु ७७०को दरलाई तुलना गर्दा यस साल अनुपात बढ्दै गएको र बढ्ने क्रम लगातार देख्ने कुरा प्रतिवेदनमा सम्प्रेषन गरेको छ । यस वर्षको एसियामा सर्वाधिक रेकर्ड गरिएको गर्मीको तापक्रम पाकिस्तानमा ५३ दशमलव ७ सेन्टिग्रेड पुगेको थियो । यस प्रतिवेदनका लेखक, टीम गोरले …. चरम जलवायु परिवर्तनको प्रकोपबाट यस वर्ष एकदमै क्षति ब्योहोरेको देखा पर्‍यो… भनेका छन् । यदि यसै हिसाबबाट ऊर्जाको खपत र स्खलन (एमिसन) बढ्दै जाने होभने सन् २०६० सालसम्म अहिलेको भन्दा चार सेन्टिग्रेड तापमान बढेर जानेछ भनेका छन् । यो जलवायु परिवर्तन हुने क्रमिक दर दुई गुणा हुन आउँछ जसले गर्दा हामी बसेका ग्रहको लागि प्रलयकारी सिद्ध हुनेछ । अस्ति जलवायु परिवर्तनको सन्दर्भलाई लिएर बेलायतका प्रधानमन्त्री डेविड क्यामरोनले हरित अर्थनीतिको कार्यक्रममा बेलायतले यकीनको साथ अघि बढाउने कुरा व्यक्त गरेका थिए । श्रोत – मेट्रो, सुमल, मेस ।