भीसी बिजेता गुरुङ अस्पतालमा

भीसी बिजेता गुरुङ अस्पतालमा


लण्डन । गत नोभेम्बर १८ तारिख अचानक विरामी परेर अस्पताल भर्ना गरिएका भीसी बिजेता लछिमन गुरुङको स्वास्थ्योपचारको बारेमा जानकारी लिनका लागि यूकेका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे हृयामरस्मिथस्थित च्यारिङ क्रस हस्पिटलमा गत २८ तारिख नोभेम्बर गएर वीर भूपू गुर्खा गुरुङलाई चाहिँदो सहयोग तथा साथ दिने बचन दिएको जानकारी दूतावासले उपलब्ध गराएको छ ।
लछिमन गुरुङलाई लडाइँको मैदानमा साहस तथा वीरताको लागि दिइने ब्रिटिश तथा कमनवेल्थ फोर्सको उच्च पदक भिक्टोरिया क्रस १९, डिसेम्बर १९४५ प्रदान गरिएको थियो । सन् १९४५ को मे १२ र १३ तारिख, वर्मामा, चौंथो बटालियनको आठौं ब्रिटिश गुर्खा राइफलका निम्ति वीरतापूर्व साहसको प्रदर्शन गरेकाले गुरुङले सो पदक पाएका थिए । सो लडाइँमा गुरुङले एक हात र एक आँखा गुमाएका थिए ।
अचानकै अस्पताल भर्ना गरिएका ९३ वर्षीय गुरुङको हात गम्भीर रहेको डाक्टरहरुद्वारा बताइएको छ ।-समाचार श्रोत नेपाल राजदूतावास, यूके,ःदेब, फाइल तस्वीर