आज एसीसी अण्डर १६ क्रिकेट च्याम्पियनसिपमा नेपालले म्यानमारसँग सामना गर्दैछ ।
यसअघि नैं लगातार दुई खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपालका लागि आजको खेल समुह विजेता बन्ने अवसरको रुपमा रहेको छ ।
थाईल्याण्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई एक सय ३३ रनले हराएको थियो ।
दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतिक्रिया