बेलायतमा सबैभन्दा बढी जाडो शीतयामको शुरुवात

बेलायतमा सबैभन्दा बढी जाडो शीतयामको शुरुवात


लण्डन । उत्तरी ध्रुव (आर्कटिक)को खप्न नसक्ने चीसो जाडोको प्रभावमा हिजो बेलायतमा दुई जनाको मृत्युसँगै शीतयाम शुरु हुने बेलाको रेकर्डमा अहिलेसम्मको सर्वाधिक जाडो भएको छ । कतिपय ठाउँहरुमा तापमान माइनस् २० डिग्रीसम्म झरेको प्रकाशमा आएको छ ।
अहिलेसम्म प्राप्त समाचारअनुसार एकजना महिलाको योर्कसायरमा बर्रर््प जमेको तलाउमा खसेर मृत्यु भएको छ र एकजना मोटरसाइकल चालक वेस्ट ससेक्समा बाटोमा चिप्लिएर दुर्घटना हुँदा मरेका छन् । विगत १७ वर्षमा यस वर्षको नोभेम्बर महिना सबैभन्दा जाडो महिना बन्न पुगेको रेकर्ड रहेको समाचार छ । आधिकारिक रुपमा बेलायतको शीतयाम ०१ डिसेम्बरबाट घोषित गरिन्छ । यस सालको शीतयाम शुरु भएलगत्तै चरम हिमपातको कारण तापक्रम एकदमै घटेको छ । मौसमविद्हरुका अनुसार शुन्य डिग्रीको हाराहारीमा अर्को सप्ताहको आखिरीसम्म तेज कठ्याङ्ग्र्रिने हावा बहावको कारण अति जाडो हुने कुरा सार्वजनिक गर्दै सर्वसाधारणलाई सावधान गरेका छन् । हिजो जताततै हिउँ भरिएकाले राजमार्गहरु, रेलमार्गहरु र विमानस्थलहरु अबरुद्ध भएको कारणले गर्दा यात्रुहरु विचल्लीमा परेका थिए । एम२५मा कार्यरत् एकजना उद्वारकर्ताले हिजोको स्थितिलाई …..अधिक हिमपातको कारणले हामीले कतै पनि केही गर्न सकेनौ, यो एकदमै चेतशून्य बनाउने स्थिति थियो, मान्छेहरु कष्टपूर्ण तरिकाले बल गर्दै हिंडिरहेका थिए । केही मानिसहरु कारभित्र अलपत्र परेर सुतिरहेका थिए….. भनेर समाचारदातालाई जनाएका छन् । एए विभागका प्रमुख, पाल बाट्टरस्ले बाटोहरु आबरुद्ध र ट्राफिकको चाप बढ्छभने बाटोहरुमा नुन र्छकने कार्यदललाई बाटो पन्छाउने सम्बन्धमा राम्रो योजना बनाउनुपर्छ भनेका छन् । उनले…..एक्काइसौ शताब्दीमा पनि मोटर बाटोमा रातभरि मानिसहरु थुनिएर बस्नुपर्ने बाध्यता हुन दिन हुन्न …. भनेर उद्धृत गरेका छन् ।
बेलायतको राजमार्ग एजेन्सीले चौबीसै घण्टा राजमार्गहरु र मुख्य “ए” मोटरबाटोहरुमा नुन् छर्किरहेको कुरा सम्प्रेषन गरेको छ । तर, एकदमै मौसम बिग्रँदाचाँहि यातयातमा कष्ट र ढिलाइहुन्छ । यस्तो अवस्थामा सजिलै नियन्त्रण गर्न सम्भव हुँदैन भनेर समाचारहरुमा जनाएको छ । हिथ्रोमा अलपत्र परेका यात्रुहरुलाई ओढ्ने कम्बल वितरण गरिएको समाचार प्राप्त भएको छ । ७२ वर्षीय यात्रु, मोहम्मद नास्त हिथ्रोको र्टर्मिनल ५मा ५० घण्टासम्म अलपत्र परेकाले आफू सञ्चो नभएको बताएका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।