बीभीएस यु–१४ क्रिकेट पुष २ देखि

बीभीएस यु–१४ क्रिकेट पुष २ देखि


बृहस्पति विद्या सदन (बीभीएस) को आयोजनामा दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिता पुष २ गते आइतवारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ६ विद्यालयका त्यत्ति नै टिमको सहभागिता रहने बृहस्पतिकी मिडिया संयोजक डोल्मा लामाले हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । समूहको शीर्ष दुई टोली सीधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन केएमसी, सेन्ट जेभियर्स र डिएभी रहेका छन् भने साविक उपविजेता रोज बड, आयोजक बीभीएस र सैनिक आवसिय महाविद्यालय समूह ‘बी’ मा छन् ।

चारदिने प्रतियोगिताको लिग चरणका खेलहरु १५ ओभरको हुनेछन । नक आउटदेखिका खेलहरु २० ओभरको खेलाइने छ । खेलहरु नक्सालस्थित आयोजककै हातामा हुनेछ ।