भिमसेनगोला माध्यमिक विद्यालयको सहयोगमा सञ्चालित देउराली डोजोको उदघाटन भएको छ । डोजोको नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले उदघाटन गरेका हुन् । साफ स्वर्ण पदकधारी कुशल श्रेष्ठको प्रशिक्षणमा रहेको डोजोको बेल्टटेस्टमा सफलता पाउने खेलाडीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी सहित देउराली क्लबका अध्यक्ष अर्जुन राना, उपाध्यक्ष निलेश्वर प्रधान, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेश जोशी र विद्यालय प्रधानाध्यापक गणेश कुमार राई लगायतको उपस्थिति थियो । डोजोमा भिमसेन गोला माध्यमिक विद्यालयका विद्यार्थीनै खेलाडीका रुपमा रहेका छन् ।
निम्न तथा मध्यम बर्गीय विद्यार्थी अध्ययनरत विद्यार्थीहरु भए पनि खेलाडीकोस्तर राम्रो भएको प्रशिक्षक श्रेष्ठले बताए । कुनै समय देउराली क्लबले नै उत्पादन गरेका सुधीर नेवा लगायतले नेपाली करातेमा राम्रो छाप छाडेका थिए ।
प्रतिक्रिया