योनेक्स सनराइजले ब्याडमिन्टन खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ । आगामी पुष ६ गते बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो ।
नेपालको प्रतिनिधित्व गर्ने २१ पुरुष र ११ महिला गरी ३२ खेलाडीलाई सामाग्री प्रदान गरिएको प्रतियोगिता आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई ६० हजार मूल्य बराबरको खेल सामाग्री एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया