डिएभी सुशील केडिया विश्व भारती विद्यालयले नेपालको क्रिकेट इतिहासमा प्रथम पटक महिला र पुरुष दुबैको लागि इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त कुराको जानकारी आज पुष १ गते आयोजित प्रत्रकार सम्मेलनमा गराइएको हो ।
इण्डोर क्रिकेट प्रतियोगिता पौष ४ देखि ९ गते सम्म भनिमण्डलस्थित डि.ए.भि. व्यवस्थापन कलेजमा संचालन हुनेछन् । प्रतियोगितामा पुरूषतर्फ १० र महिलातर्फ पाँच स्कुलले सहभागिता आयोजकले जानकारी गराएका छन् । प्राप्त स्रोत साधनमार्फत शारीरिक तथा मानसिक विकास गर्न इन्डोर क्रिकेट समयको आवश्यकता भएकोले यस प्रतियोगितालाई अगाडि बढाइएको विद्यालय व्यवस्थापनले जनाएको छ ।
प्रतिक्रिया