मञ्चमा यस कारण भक्कानिए सांसद लिङदेन

मञ्चमा यस कारण भक्कानिए सांसद लिङदेन


झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् ।उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे ।

सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए । उनी भावुक बनेपछि हलमा उपस्थित धेरै नेता तथा कार्यकर्ताले पनि आँसु थाम्न सकेकनन् । अवरुद्ध गलामा बोलेका उनले कमल थापालाई देशले बुझ्न नसकेको नेताको संज्ञा दिए ।

अध्यक्ष थापालाई लिङदेनले वर्तमान युगको भीमसेन थापाको संज्ञा दिए । उनले भने, ‘म आभार व्यक्त गर्न चाहन्छु, जसले आफू हार्न तयार रहेर पनि मेरो जितलाई सुनिश्चित गराउनुभयो ।’ (नयाँ पत्रिका दैनिक)