राष्ट्रिय च्याम्पियनसिपको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने

राष्ट्रिय च्याम्पियनसिपको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षमा राखेप च्याम्पियनसिप प्रतियोगिता तथा व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

उक्त बैठकले आगामी पुष ९ गतेदेखि माघ १० गतेसम्म राष्ट्रिय च्याम्पियनसिप गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलाडीको छनोंट गर्न राखेपले राखेप च्याम्पियनसिप गर्न लागेको हो । राखेप च्याम्पियनसिपको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी पुष ९ गते गर्ने राखेप स्रोतले जनाएको छ ।

राखेप च्याम्पियनसिपपछि राष्ट्रिय खेलाडीको छनोंट हुनेछ । त्यसपछि छनोंट भएका राष्ट्रिय खेलाडीहरुलाई स्वदेशी तथा विदेशी प्रशिक्षणको लागि व्यवस्थापन गरिने छ ।

सन् २०१८ मा इण्डोनेसियामा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजरगरि राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरिन लागेको हो । यो पटक एसियाली गेममा पदक जित्न राखेपले कुनै कसर बाँकि नराख्ने सदस्यसचिव विष्टले बताएका छन् । त्यसको लागि विष्टले खेलाडीहरुलाई उचित समयमा उचित प्रशिक्षण दिने बताएका छन् ।