स्पेनका प्रधानमन्त्रीद्वारा अपदस्थ नेताको आग्रह अस्वीकार

स्पेनका प्रधानमन्त्रीद्वारा अपदस्थ नेताको आग्रह अस्वीकार


स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोेइले अस्विकार गरेका छन् ।

विहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत ल्याएपछि स्पेन बाहिर भेटवार्ता गर्न उनले गरेको आग्रहलाई प्रधानमन्त्रीले शुक्रबार नै अस्वीकार गरेका हुन् ।

वार्ताका लागि पुज्डमोनले गरेको आग्रहका बारेमा पत्रकारले सोधको प्रश्नमा प्रधानमन्त्री राजोइले भने, ‘निर्वाचन जितेको मध्ये म एक जनालाई मात्रै भेट्न सक्छु । उहाँ आइनिस अरिमाडास हुनुहुन्छ ।’

उनले क्याटलोनियामा नयाँ बन्ने सरकारले पूर्ण रुपमा कानूनको पालन गर्ने विश्वास पनि व्यक्त गरे ।

उनको यो भनाई गत अक्टोबर एकमा छुट्टै राज्य बनाउने पक्षमा भएको जनमत संग्रहपछि भएको संविधान विरोधी कदमप्रति लक्षित थियो ।

क्याटलोनियाका सांसदहरुले स्वतन्त्र राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले तत्काल हस्तक्षेप गरी त्यहाँको संसद विघटन गरिदिएको थियो ।

आफैले संसद विघटन गरिदिएकाले बिहीबार केन्द्रीय सरकारले नै क्याटलोनियाको नयाँ संसदका लागि निर्वाचन गराएको हो ।

प्रधानमन्त्री राखोेइले भने, ‘सकारात्मक र व्यवहारिक वार्ता गर्न म सधै खुल्ला छु, तर मेरा पनि केही कानुनी सीमाहरु छन् ।’ (रासस÷एएफपी)