E.T. हालसम्मको महान चलचित्र

E.T. हालसम्मको महान चलचित्र


लण्डन । हालै प्राप्त समाचार अनुसार अहिलेसम्म फिल्मी इतिहासमा बनेका चलचित्रहरुमा सबैभन्दा महान चलचित्र सन् १९८२मा बनेकोर् इ.टी., द एक्स्ट्रा टरिस्ट्रेयललाई अनलाईन भोटिङ्गको आधारमा खिताब दिइएको छ । रेडियो डट टाइम्सले सर्वेक्षण गरेको विज्ञान कथामा अधारित फिल्म इ.टी.लाई स्टेभन स्पायलबर्जले निर्देशन गरेका थिए । पच्चीस सयभन्दा बढी चलचित्र प्रेमीहरुलाई सोधिएको प्रश्नको आधारमा यो नतिजाको निष्कर्ष निकालिएको हो । फिल्मी आलोचक बैरी नरमानका अनुसार “यो फिल्म एकजना अन्तरिक्षबाट पृथ्वीमा फसेको एलियन (अन्तरिक्ष प्राणी)लाई लिएर चित्रण गरिएको राम्रो पारिवारिक चलचित्र हो र यस फिल्ममा बच्चाहरुका लागि जादुको कथा जस्तो जस्मा धनीहरुका लागि प्रभावशाली पाठ र विशेष प्रविधिको प्रभाव सफलता साथ चित्रण गरेर सफलता प्राप्त गरेको छ साथै चलचित्रका निर्देशकले भने अनुसार यो एउटा पवित्र प्रेमको कथा हो” भनेर रेडियो टाइम्सलाई उद्धृत गरेका छन् । सन् १९८३मा इ.टी.ले चारवटा ओस्कर अवार्ड प्राप्त गरेको थियो । तर, त्यसवर्षो सर्वश्रेष्ठ फिल्मको ओस्कर अवार्ड रिचार्ड अटेनबारोको गान्धी फिल्मले प्राप्त गरेको थियो जुन फिल्मले त्यस वर्ष आठवटा ओस्कर अवार्ड जित्न सफल भएको थियो । श्रोत – नेट, सुमल, मेस