बेलायतले पनि भुटानी शरणार्थी ल्याउने

बेलायतले पनि भुटानी शरणार्थी ल्याउने


काठमन्डौं । सन् २०१० भित्र एक सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउने पूर्वघोषित प्रतिबद्धताअनुसार बेलायतले नौ सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउने जनाएको छ । पहिलो चरणमा झापा र मोरङका सात शिविरका गरेर ३७ जना शरणार्थीलाई काठमाडौ लगिएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोगको कार्यालय (UNHCR) ले जनाएको छ ।

शिविरबासी भुटानी शरणार्थीलाई पुनर्वास गराउने बेलायत आठौं राष्ट्र हो । हालै बेलायतका तीनजना अध्यागमन अधिकारीको टोलीले शिविरमा आएर शरणार्थीको अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरेको थियो । काठमाडौ लगिएका शरणार्थीलाई यही अगस्ट ९ तारिखमा बेलायतमा पठाइने संयुक्त राष्ट्रसङ्घीय उच्चायोगको कार्यालय UNHCR ले जानकारी दिएको छ ।

दुई दशकदेखि झापा र मोरङका सात शिविरका पाँच स्थानमा बस्दै आएका भुटानी शरणार्थी सन् २००८ देखि तेस्रोमुलुक पुनर्वासमा जान थालेका हुन्। भुटान सरकारको जातीय दमनमा परी लखेटिएका एक लाख १० हजारभन्दा बढी दक्षिणी भुटानी भारतीय बाटो हुँदै नेपाल आएका थिए । युएनएचसिआरले दिएको जानकारी अनुसार केही दिनअघिसम्म ३३ हजार ८०० जना शरणार्थी पुनर्वासमा गइसकेका छन् । -मेस, काठमन्डौं ।