नेपालमा चौथो पटक पनि प्रधानमन्त्री छानिएन

नेपालमा चौथो पटक पनि प्रधानमन्त्री छानिएन


नेपालमा पून: चौथो पटक पनि नयाँ प्रधानमन्त्रीको निर्वाचनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चौथा पटक पराजित भएका छन् । मुलुकले प्रधानमन्त्री चयन गर्न नसके पनि प्रमुख दलहरुको अडान भने फेरिएको छैन । माओवादी र कांग्रेसले उम्मेदवारी फिर्ता नलिने बताएका छन् भने एमालेले बहुमतीय सरकारलाई कुनै हालतमा समर्थन नगर्ने अडान यथावत राखेको छ ।

नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संविधानसभामा भएको मतदानबाट एकीकृत नेकपा माओवादी पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल दुवै जनालाई प्रधानमन्त्री चयन गरियोस भन्ने प्रस्ताव अस्वीकृत भएको छ। प्रचण्डको पक्षमा २१३ मत परेको थियो भने हुन्न भन्ने पक्षमा ९९ मत परेको थियो ।

दुवै जना उम्मेदवारले आज भएको निर्बाचनमा पनि स्पष्ट बहुमत नल्याएका कारण नयाँ प्रधानमन्त्रीको लागि अर्को चरणको निर्बाचन भदौ २ गते अपरान्ह ३ बजेका लागि संसद बैठक डाकिएको छ ।