विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन

विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन


मस्को, रुस । ५ अगस्त २०१० का दिन रुसी महासंघको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासंघको शाखा स्थापना भएको छ । विश्वव्यापी नेपाली साहित्यिक संघ-संस्थाहरुको साझा साहित्य संजाल -विश्व नेपाली साहित्य महासंघ (http://nepaliliterature.org) को शाखाहरु बिभिन्न देशहरुमा विस्तारित गराउने सिलसिलामा रुस महासंघमा बसोबास गरिरहेका साहित्यप्रेमी नेपालीहरुको सक्रिय सहभागितामा गत ५ अगस्त २०१० का दिन अपरान्ह ५:३० बजे मस्कोस्थित VDNX प्रदर्शनी केन्द्रमा सम्पन्न साहित्यिक छलफलको निर्णयअनुसार महासंघको शाखा गठन भएको छ । अध्यक्ष गोविन्दप्रसाद गौतम, उपाध्यक्ष श्रीमती बिमला भण्डारी, सचिव डा. युवराज न्यौपाने, कोषाध्यक्ष डिल्ली खरेल ‘सुमन’, सदस्य एवं केन्द्रीय प्रतिनिधि डा. सचिन शाक्य र सल्लाहकार वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ रहेका छन् ।
उक्त भेलामा साहित्यप्रेमीहरुको प्रत्यक्ष सहभागिता साथै केहीले टेलिफोन र इन्टरनेटको माध्यमबाट पनि सहभागिता जनाएका थिए ।नवगठित विश्व नेपाली साहित्य महासंघ, रुस शाखाको पहिलो बैठक येही महिनाको अन्त्यमा बस्ने जनाइएको छ ।-टिगेला