घान्द्रुक वेल्फेयर सोसाइटी यूकेको कार्यक्रम

घान्द्रुक वेल्फेयर सोसाइटी यूकेको कार्यक्रम


लन्डन । श्री मेश्रम बाराह घान्द्रुक वेल्फेयर सोसाइटी (SMBGWS) यूकेको वार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम यही अगस्त ७ तारिख शनिवार, फानबोरोस्थित ओक फार्म कम्युनिटी स्कूलको हलमा सम्पन्न भयो । संस्थाका अध्यक्ष क्या रि इमान कुमार गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम संस्थाकी सहसचिव पुष्पा गुरुङ्ले सञ्चालन गरेकिथिइन्। औपचारिकदेखि अनौपचारिक मोड लिएको सो कार्यक्रमको पहिलो चरणमा वार्षिक साधारण सभा र दोश्रो चरणमा भेटघाट र मनोरन्जनको कार्यक्रम राखिएको थियो।

पहिलो चरणको बैठकमा अध्यक्ष इमान कुमार गुरुङ्ले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेपछि बिगतको बैठकमा पारित गरिएको बिधान संशोधनको मस्यौदाउपर छलफल तथा निर्णय गरिएको थियो । यूकेवासी सम्पूर्ण घान्द्रुकेहरु एक भई संस्थालाई आर्थिक र सांगठनिक हिसाबले बलियो बनाउने, नेपालको महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा चिनिने सुन्दर घान्द्रुक गाउँको बिकासका लागि नयाँ कार्यक्रमहरु ल्याउने, तमु धीं नेपाललाई आर्थिक सहयोग गर्ने लगायतका महत्वपूर्ण बिषयहरुमा व्रिहत छलफल गरी निर्णय गरिएको थियो ।

नेपालको नमूना गाउँ मानिने घान्द्रुकको मेश्रम बराह मा. वि.मा कम्प्युटरको सुविधा पुगे पनि अझ त्यसको बिकासका लागि आधुनिक आई टी प्रोग्राम डिभेलप गर्नका लागि आर्थिक सहयोग रकम जुटाउन संस्थाले आउँदो १९ मार्च २०११ का दिन च्यारिटी डिनरको आयोजना गर्ने निर्णय गरेकोछ ।

दोश्रो चरणमा भएको कार्यक्रममा “घान्द्रुके ठिटी” बोलको गीत मा नीलम गुरुङ् र प्रशुन गुरुङ्ले “माइती घर” बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० मानिसहरुको उपस्थिति रहेको थियो । बिहान करिब ११ बजे शुरु भएको कार्यक्रम बेलुकि ९ बजे समाप्त भएको थियो । -पुष्पा गुरुङ

VISIT HERE FOR EVENT PHOTO >>>