"बीएफबीएसको ईन्द्रेणी भेला"

"बीएफबीएसको ईन्द्रेणी भेला"


लण्डन । प्रत्येक वर्ष बीएफबीएसले गर्दै आएको ईन्द्रेणी भेला, यो वर्ष पनि गत शनिवार अगस्ट ७ तारिख वानआरजीआरको सोर्नक्लिपमा आयोजना गरियो । वर्षभरि ईन्द्रेणी कार्यक्रममा सहभागिता जनाएर, कार्यक्रमलाई जीवन्त राख्नमा महत्वपूर्ण योग्दान दिने कार्यक्रमप्रेमी श्रोताहरुलाई आमन्त्रण गरेर, यो कार्यक्रम गरिँदै आएको छ । उक्त दिनको कार्यक्रम दुर्इ चरणमा गरिएको थियो । पहिलो चरणमा ईन्द्रेणीको सहयात्रा र सहयात्रीहरुसंगको परिचय र दोश्रो चरणमा गत केही महिनाअगाडि वातावरण विभाग, केन्टमा कार्यरत विजय हितान मगरको सक्रियतामा, बीएफबीएसले संचालन गरेको ‘पृथ्वीलाई एक घण्टा’ नामक कार्यक्रममा विजयी हुने प्रतियोगीलाई पुरस्कृत गर्ने कार्यक्रम राखिएको थियो ।

उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्दै, बीएफबीएस गोर्खा रेडियो यूकेको महाप्रबन्ध खेम गुरुङले, स्टेशनको तर्फबाट सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै, ईन्द्रेणी कार्यक्रममा ‘श्रोता अफ द विक’ बन्न सफल पवित्रा गुरुङ, विजय हितान मगर, निर्मला राई र कितावीसारु मगरलाई पुरस्कार प्रदान गरिएको थियो । सोही दिन, ‘पृथ्वीलाई एक घण्टा’ नामक कार्यक्रममा सोधिएका प्रश्नहरुको सही जवाफ दिने, गोर्खा प्यालेस रेष्टुरेन्टका प्रोप्राइटर किशोर सापकोटालाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा कवि विजय हितान मगरले वातावरणसम्वन्धी लेखिएको कविता वाचन गरेका थिएभने गायिका अनिला राईले मीठो गीत गाएर सबैलाई मनोरन्जन दिएकी थिईन् ।

यो कार्यक्रमको प्रायोजक गोर्खा हिल सुपर स्टोरको प्रोप्राइटर चन्द्र गुरुङ र शान्ता गुरुङलाई, उहाँहरुको सहयोगको कदर गर्दै बीएफबीएसको महाप्रबन्धक खेम गुरुङ र तीजु गुरुङले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रमको अन्तमा मनोरन्जनको लागि अन्ताक्षरी प्रतियोगिता पनि राखिएको थियो । -योगराज राई