अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु

अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु


लन्डन । आज बिहान अफगानिस्तानमा फेरि एक गोर्खा सैनिकको मृत्यु भएको छ। जुलाईयता तालिवानको आक्रमणमा मारिने गोर्खा सैनिकको सङ्ख्या तीन पुगेको छ। काठमाडौंस्थित बेलायती दूताबासले मृत्यु हुने गोर्खा सैनिक कास्की जिल्लाका भएको र उनका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ। मारिने गोर्खा सैनिकको नाम भने सार्वजनिक गरिएको छैन। शनिबार बिहान अफगानिस्तानको हेलमन्द प्रान्तको नाद ए अली जिल्लामा तालिवानसँग भएको गोली हानाहानमा क्विन गोर्खा इन्जिनिरिङ अन्तर्गत कार्यरत् ती गोर्खा सैनिकको मृत्यु भएको श्रोतले जनाएको छ। -मेस काठमान्डौं ।