मान्छेको फोक्सोभित्र केराउ उम्रियो

मान्छेको फोक्सोभित्र केराउ उम्रियो


लण्डन । अमेरिकाको मासाचुसेट्स राज्यमा एकजना मानिसलाई फोक्सोको समस्या भएपछि आपतकालीन् उपचारको लागि अस्पताल लगेका थिए । अस्पतालमा जाँच गर्दा फोक्सोभित्र केराउ उम्रिएको थाहा लागेको समाचार प्राप्त भएको छ । रन स्भेडेन नाम गरेका व्यक्ति केही समयदेखिे सास फेर्न गाह्रो भएर फोक्सोसम्बन्धी विकारबाट पीडित थिए । फोक्सोमा क्यान्सर भएको आशंका गरेर उनी एक्सरे गर्न डराइरहेका थिए । फोक्सोको आकार ठूलो भएको साथै सास फेर्न एकदमै गाह्रो भएपछि उनको अवस्था बिग्रँदै गएकोले आपतकालीन सेवामार्फत उनलाई अस्पताल लगेर एक्सरे गरिएको थियो । एक्सरेमा फोक्सोभित्र केराउ उम्रिएको देखेर डाक्टरहरु असमन्जसमा परेका थिए । तत्काल उनको अपरेशन गरेर केराउको बोट फोक्सोबाट निकालिएको थियो । डाक्टरहरुका अनुसार स्भेडेनले केराउ खाँदा झुक्किएर श्वास नलीबाट फोक्सोभित्र पसेको हुनसक्छ र त्यो पच्न नपाएर बोटको रुप लिएको हुनसक्छ भनेर निर्क्यौल गरेका छन् । अपरेशन गरेर केराउ निकालेपछि उनले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।
स्थानीय टीभी समाचारलाई, “मेरो अपरेशन गरेपछि सबैभन्दा पहिले मेरो खाना केराउ थियो, त्यो खानालाई देखेर मलाई हाँसो उठेको थियो” भनेर जनाएकाछन् । केराउको बिरुवा आधा इन्च जति उम्रिएको थियो । स्भेडेनले, “यदि केराउको वोट उम्रिएर बढेकोभए ठूलै हरियो रुखलाई बोकेर हिँडिरहेको हुन्थेँ, तर, यसलाई निकालेपछि म क्यान्सर नभएको थाहा पाउँदा ढुक्क भएको छु” भनेकाछन् । उनको श्रीमती नेन्सीले ठट्टा गर्दै भनिन् -सायद यिनीसँग भगवानले जोक गरेका होलान् कि ! श्रोत – नेट, सुमल, मेस ।