रोजगारमुलक कार्यक्रमको सहयोगार्थ टुर सम्पन्न

रोजगारमुलक कार्यक्रमको सहयोगार्थ टुर सम्पन्न


तोकियो / अगस्त १५ आइतवारका दिन नेपालमा रोजगारमुलक कार्यको सहयोगार्थ चीबा केन, काचुरा समुद्रीतट टुर भब्यताका साथ सम्पन्न भएको छ र मंचको अधिकान्स कार्यक्रम बसभित्र सन्चालन गरिएको थियो । आफ्नो मन्तब्य ब्यक्त गर्दै मन्चका अध्य्क्ष सुनिल कुमार शाक्यले मन्चले हालसम्म धुप् तालीम, इलेक्त्रिक तालीम तथा बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएकोमा नेपालमा रोजगार लाई प्रोत्साहन दिन नेपालमा उत्पादित सामानहरु निीश्चत कोटाहरु मन्चले खरिद गरी जापान ल्याउन लागेको र उकत वस्तुहरु जापानमा बस्नु भएका दाजु भाइ दिदिबहिनीहरुले सहयोग स्वरुप खरिद गर्न हार्दिक अनुरोध गरिएको छ ।

त्यस्तै मन्तब्य दिने क्रममा सुनिल श्रेष्ठले जापान मा बस्नुहुने नेपालीहरुले महिनाको १००येन संकलनलन गरी नेपालमा पीडितहरुलाई सहयोग गर्नु पर्ने बिचार राखेका थिए भने रबि श्रेष्ठले पैसा भन्दा रोजगार मुलक सहयोग दिनु नै राम्रो हुने धारणा राखेकाथिए । मन्तब्य दिने क्र्ममा चौधरीले समुद्रीतटमा जलक्रिदा गर्ने रहरले आएकोमा बसभित्रको यस कार्यक्रम देखेर आफू अत्यन्त प्रभाभित भएको कुरा बताएकाथिए । मन्च का कोषाध्यक्ष जनक राज शाक्यले मन्चको वार्षिकक आर्थिक बिवरण पेश गर्दै मन्चले नेपालमा रोजगारलाई प्रोत्साहन दिन नेपालमा उत्पादित वस्तुहरु जापानमा चिनाउनु नै सबभन्दा बेस हुने कुरा बताएकाथिए ।

उक्त कार्यक्रममा आर्थिक सहयोगको बिषयमा चर्काचर्की बहस चलेको थियो र प्रथम कार्यक्रमको सन्चालन मन्चका उपाध्यक्ष कृष्ण बदन जोशीले सफलतापुर्वक सम्पन्न गरेको थियो । दोस्रो चरणको कार्यमा काचुरा समुद्रीटटको समुद्री झार कोन्बु २०० किलो जति सन्कलन गरी सरसफाइ तथा पौदी खेली रमाइलो गरेको थियो । तेस्रो चरणमा समुद्रितत अगाडिको रेजोर्त होटेल मिकजुकिमामा जापानमा पहिलो पटक वाइन स्पेसिआलिस्त ‘सोमरिए’ हासिल गर्ने पहिलो नेपाली कृष्ण बदन जोशीलाई नेपाल जापान रेष्टुरेन्ट ब्यवसायी संघ का महासचिब रबिन्द्र श्रेष्ठ साखस्ले अभिनन्दन पत्र बितरण गरेको थियो । जोशीले वाइनको बिषयमा सामान्य जानकारी दीइ वाइन को महत्व प्रष्ट्याएकाथिए ।

उक्त कार्यक्रमा पछि उक्त होटेलमा ७० भन्दा फरक-फरक परिकार हरुले सजिएको लन्च बाइकिङ खान पाउन्दा सहभागी सम्पूर्ण साथीहरु प्रफुल्ल देखिन्थे रचौथो कार्यक्र्ममा चिसो स्विमिङ पुल र तातो स्विमिङ्पुल र साउनामा रमाएका थिए । र अन्तमा ओनसेन (तातो पानी)मा नुहाइ होटेल मिकाजुकीबाट बिदा भएको थियो । ओनसेनमा निवर्स्त्र रुपमा जानु पर्ने भएकोले नेपालीहरु लाज मानी-मानी छिरेका थिए । फर्कने क्र्ममा बाटोभरि जादुहरु, जोकहरु, हस्तरेखाका कुराहरु र साँस्कृतिक कार्यक्रम गर्दै फर्केका थिए । १४ घण्टाको कार्यक्रम एक पलमा सिद्धिएको भान भएको थियो । उक्त दिन को कार्यक्र्ममा बच्चा, आइमाईहरुले पानी भरपुर मज्जा लिएका थिए । -कुमार बज्र