दोश्रो खुकुरी कप सम्पन्न

दोश्रो खुकुरी कप सम्पन्न


लण्डन । बेलायतको उत्तरी भेगमा बसोबास गर्दै आइरहेको नेपालीहरु तथा बेलायती सेनामा सेवारत भएका गोर्खाली परिवारहरुको बीचमा भेटघाट तथा मनोरन्जनको साथै गोर्खालीहरुको प्रतीक खुकुरीको पहिचान गराउने उद्देश्य लिँदै नेपालीहरुभित्र भएको प्रतिभाहरुलाई जागरुक र उत्थान गर्ने उद्देश्य लिएर British Gurkhas and Nepalese Community Youth Club Catterick को आयोजनामा सेवेन साइडर फुटबल खेल खेलाई यही गत ७ अगष्ट २०१० शनिवारको दिन बेलायतको उत्तरी भेग क्याटरिक ग्यारिजनमा भएको दोश्रो रनिङ्ग शिल्ड खुकुरी कप ब्रिटिश गोर्खाज् एण्ड नेप्लिज कम्युनिटिका अध्यक्ष रिटायर्ड लेप्ट. अमर सिं थापा मगरको प्रमुख आतिथ्यमा भब्यताको साथ सम्पन्न भयो ।
सो खेलमा सात टिमको सहभागितामध्ये गोर्खा कम्पनी क्याटरिक ग्यारिजनबाट Millennium Warrior, Mastiff-96, Intake 99, Sharp-7, डारि्लङ्गटन सिटीबाट Darlington Gurkha Club र आयोजक तर्फबाट बीजीएनसी ए र बीजीएनसी बी गरी सात टीमको खेलमा भीडन्त भएको थियो । लिगको आधारमा खेलाइएको सहभागी टीममध्ये BGNC A, Millennium Warriors, Mastiff 96 र Intake 99 सेमी-फाइनलमा प्रवेश गरेको थियो भने Mastiff-96 र Intake 99 फाइनल भीडन्तमा Mastiff-96 ले दोश्रो रनिङ्ग शिल्डको उपाधि जित्न सफल भएको थियो भने Intake 99 उपाधिको आशा गरिएता पनि दोश्रोमै चित्त बुझाउन पर्‍यो । टिम तथा खेलाडीको मनोबल बढाउन तथा प्रोत्साहनको लागि उत्कृष्ट खेलाडी, उत्कृष्ट मेनेजर र टप स्कोररको लागि ट्रफीको ब्यवस्था पनि गरिएको थियो भने भीम बहादुर आले मगरले स्पोन्सर गरेका उत्कृष्ट खेलाडीको ट्रफी पविन गुरुङ्गलाई उत्कृष्ट खेलाडी घोषित गरी भीम बहादुर आले मगरको हातबाट प्रदान गरिएको थियो । यसैगरी डारि्लङ्गटन सिटीका Darlington Gurkha Club का नरकाजी गुरुङ्ग उत्कृष्ट मेनेजरको ट्रफी जित्न सफल भए । यसै गरी टप स्कोररको ट्रफी भने Mastiff-96 का खेलाडी नरेश गुरुङ्गले हात पारे ।
अझ सो कार्यक्रमलाई मनोरन्जनयुक्त गराउनलाई भाग्यशाली चिा पनि खेलाई आकर्षक पुरस्कार विभिन्न १५ ब्यापारी महानुभावहरुले स्पोन्सर गरेका थिए भने चिट्ठा बिजेताहरुलाई बीजिएनसीका अध्यक्ष तथा प्रमुख अमर सिं थापा मगरले पुरस्कार वितरण गरेका थिए । सो कार्यक्रममा उपस्थित महानुभावहरुको खानपिनको लागि Mt.Everest Gurkha Take Away ले बन्दोबस्त मिलाएको थियो भने BBQ साइडमा आयोजक समितिले मिलाएको थियो ।
कार्यक्रमको अन्तमा युथ क्लबका अध्यक्ष उज्वल गुरुङ्गले कार्यक्रमलाई सम्पन्न गराउन उपस्थित भएका बाजे बजै, बाबा आमा, मामा माइज्यु, दिदी बहिनी, दाजु भाइहरु तथा खानपिनमा सहयोग पुर्‍याउने टिमहरु साथै प्रायोजकहरुलाई मुरी-मुरी धन्यवाद दिँदै, आउने बर्षहरुमा अझ राम्रो र सुब्यवस्थित ढंगले सुचारु रुपले संचालन गर्ने बाचा गर्दै कार्यक्रम समापन गरेका थिए ।
-मोहन राना
क्याटरिक