‘पाकिस्तानले आतंकवादको नाममा अमेरिकालाई मूर्ख बनायो’

‘पाकिस्तानले आतंकवादको नाममा अमेरिकालाई मूर्ख बनायो’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादीको नाममा अमेरिकालाई मूर्ख बनाएको आरोप लगाएका छन् ।

ट्रम्पले नयाँ बर्ष २०१८ को आगमनसंगै आयोजित कार्यक्रममा पाकिस्तानले आतङ्कवादीलाई आफ्नो देशमा आश्रय दिएर आतंकवादी गतिविधि बढवा दिएको आरोप समेत लगाए ।

नयाँ बर्षको पहिलो दिनमै पाकिस्तानविरुद्ध राष्ट्रपति यसरी प्रस्तुत भएपछि अहिले पाकिस्तानमा सनसनी फैलिएको छ ।

आतंकवादको विरुद्धमा पाकिस्तानले अहिलेसम्म अमेरिका र विश्वभरिका मुलुकलाई गुमराहमा राखेको आरोप लगाउँदै ट्रम्पले अव पाकिस्तानको कुनै पनि चालवाजी सफल नहुने प्रस्ट पारेका छन् । ट्रम्पले आफुले पाकिस्तानको चालबाजी बुझिसकेको बताउँदै अव आतंकवादीको विरुद्धमा पाकिस्तानलाई कुनै सहयोग नगरिने बताए ।

राष्ट्रपति ट्रम्पले आतंकवादको कारवाहिको नाममा पाकिस्तानले अमेरिकालाई मूर्ख बनाएको बताएका छन् । पछिल्लो १५ बर्षमा यहि शिर्षक अन्तर्गत पाकिस्तानलाई ३३ अरब अमेरिकि डलर प्रदान गरेको खुलासा समेत गरेका छन् ।

तर पाकिस्तानले त्यसको बदलामा छलकपट मात्रै गरेर अमेरिकि नेताहरुलाई मूर्ख बनाएको आरोप लगाएका छन् । पाकिस्तानको यस्तै हरकत रहे आगमी दिनमा आतंकवादको नाममा पाकिस्तानले कुनै किसिमको सहयोग नपाउने पनि बताए । ट्रम्पको यस्तो आरोपको वारेमा पाकिस्तानले अहिलेसम्म कुनै किसिमको प्रतिक्रिया जनाएको छैन् । पाकिस्तानमा त्यहाँको सरकारले आपतकालिन बैठक बोलाएको छ ।