ठुंगेर मार्ने डरलाग्दो ऐतिहासिक चरा

ठुंगेर मार्ने डरलाग्दो ऐतिहासिक चरा


लण्डन । अर्जेन्टिनाको उत्तर पश्चिममा अवस्थित एउटा स्थलबाट उतखनन् गर्दा भूगर्वविदहरुले एउटा प्राक ऐतिहासिक चराको खोपडी प्राप्त भएको जानकारी समाचारहरुमा प्रकाश गरेका छन् । वैज्ञानिकहरुले उतखननबाट प्राप्त चराको प्रजाति दक्षिण अमेरिकामा आजभन्दा साठीलाख वर्ष पहिले अस्तित्वमा रहेको अनुमान गरेका छन् । नब्बे पाउण्डसम्मको वजन भएको अनुमान गरिने चराको आक्रमणबाट अरु प्राणीलाई डर र आतंकित बनाएर मार्ने चराको चुच्चो तीखो वल्छी आकारझै घुमेको प्राप्त अवशेषबाट थाह भएको छ । यो चरा अफि्रकामा पाउने एमुझै उड्न सक्दैनथ्यो । अध्ययनबाट यसले आफ्नो शिकारलाई अत्यन्त तेज रफ्तारमा ठुंगेर आफ्नो धारिलो चुच्चोले मार्दथ्यो भन्ने निर्क्यौल गरेका छन् । आधिकारिक तवरमा वैज्ञनिकहरुले दिएको यस चराको नाम अण्डालगलोर्निस हो । विज्ञहरु अनुसार यस चराले छिटो छरितो तवरले शिकार गर्दैनथ्यो न नै सुस्त प्रकारको थियो । “यी चराहरुले शिकारहरुलाई वा शत्रुलाई तीखो चुच्चो बञ्चरो हान्ने पाराले च्वाप्प-च्वाप्प प्रहार गर्दै वरिपरि नाच्दथे” भनेर अमेरिकाको ओहिओ युनिभर्सिटी कलेज आफ अस्टियोप्याथिक मेडिसिनका लारेन्स विटमरले जनाएका छन् । साँढे चारफुट जति अग्लो चराको चुच्चो चीलको बलियो चुच्चो अकारको जस्तो देखिन्छ । श्रोत-नेट, सुमल, मेस ।