ब्रायनको कन्सर्टमा नेपाली कलाकारको हेला

ब्रायनको कन्सर्टमा नेपाली कलाकारको हेला


लण्डन । गत फाल्गुण महिनाको ७ गते, दशरथ रंगशालामा जे.पी.आर. इभेन्टस् तथा ओडिसी नेटवर्कबाट आयोजना गरिएको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायक ब्रायन आडम्सको, नेपालकै इतिहासमा पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न भएको थियो । जसमा संसारमा अन्य देशका शहरहरुमा आयोजना गरिएका उनका कार्यक्रमहरुमध्ये सबैभन्दा महङ्गो टिकट दर राखिएको थियो । संसारकै गरीव देशहरुमध्ये एक पर्ने नेपाल, जसमा राजनीति अस्थीरताले गर्दा देश अझै पनि संक्रमित हालातमा नै रहेको भनिन्छ मा अहिले माओवादीलगायत कम्युनिस्ट राजनीति पार्टीहरुको दखल अत्यधिक मात्रामा रहेको छ र सर्वहारावर्गहरुको प्रतिनिधित्व गर्ने ती राजनीतिक पार्टीहरुको सम्मुख राजधानीमा अन्तर्राष्ट्रिय साँगीतिक ब्याण्डले आफ्ना नयाँ तथा पुराना गीतहरु गाएर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी बताइएअनुसार लगभग ६ करोड नेपाली रुपैंया आफ्नो देश लगेका छन् । सोही कार्यक्रममा नेपाली साँगीतिक समूहहरुमा नमस्ते ब्याण्ड, रबिन एण्ड न्यू रेजुलेसन, राजु लामा, अभय एण्ड दी स्टिम इन्जिन र १९७४ ए.डी.ले आआफ्ना गीत गाउँदैछन् भन्ने कुरा सार्वजनिक भएको भए तापनि १९७४ ए.डी. र अभय एण्ड दी स्टिम इन्जिनले गाउन पाएनन् । नेपालकै उच्च स्तरका ती साँगीतिक समूहहरुलाई हेला गरिएको मान्यता तिनका फ्यानहरुको रहेको कुरा सार्वजनिक भएको छ । -कान्ती, मेस