बेलायतमा रक्षाबन्धन सम्पन्न

बेलायतमा रक्षाबन्धन सम्पन्न


अल्डरसट / बेलायतको अल्डरसटवासी नेपालीहरूले सामूहिक रूपमा ऋषितर्पणी तथा जनै पूर्णिमा कार्यक्रम सम्पन्न गरेका छन् । उक्त अवसरमा वैदिक विधिअनुसार विभिन्न ऋषिहरूको पूजा-अर्चनासहित मङ्गल तथा विश्वशान्तिका मन्त्रहरू वाचन गरिएको थियो । हिन्दू धर्मशास्त्रअनुसार ऋषिहरू मानवका पुर्खा मानिन्छन् र तिनकै नाममा गोत्र निर्धारण गर्ने गरिन्छ । ब्राह्मण तथा क्षेत्री समुदायले यो दिन मन्त्रहरूले शुद्ध गरिएको नयाँ जनै धारण गर्दछन् भने सबै समुदायले विशेष मन्त्रसहित पूजा गरिएको रक्षाबन्धन बाँध्ने प्रचलन छ । दिदीबहिनीले दाजुभाइको हातमा रक्षा-सूत्र बाँधेर चिरायुको कामना समेत गर्दछन् । यो दिन एघारथरि गेडागुडी मिसिएको क्वाँटी खाने चलन रहिआएको छ ।
कर्ता विक्रम भट्टरालाई र सूर्य उपाध्याय, पंडित नारायण पौडेलबाट सम्पन्न उक्त जनै पूर्णिमा वाई बीसी अल्डरसटमा सम्पन्न भएको सो अवसरमा नेपाली समुदायका विभिन्न धार्मिक सांस्कृतिक कार्य सम्पन्न गर्नका लागि एउटा स्थायी मन्दिर निर्माण गर्ने विषयमा छलफलसहित प्रतिबद्धता व्यक्त गरियो । कार्यक्रममा करिब सय जनाको उपस्थिति रहेको थियो । -नारायाण गाउँले