क्याट डम्पर वुमैनले पश्चाताप गरिन्

क्याट डम्पर वुमैनले पश्चाताप गरिन्


लण्डन । सीसीटीभी क्यामेराले खिंचेको रेकर्डमा एकजना महिलाले चक्कावाला मैला फाल्ने ढ्वाङको छेउमा एउटा बिरालोलाई देखेर विस्तारै बिरालोको टाउकोलाई मुसारिन् र लोला नाम गरेको बिरालोले पनि टाउको निहुराएर टाउको मुसार्न के दिएको थियो, ती महिलाले यताउती हेरेर आफ्नो छिमेकीको बिरालोलाई उठाएर मैला फाल्ने ढ्वाङभित्र हालेर ढक्कन बन्द गरेर त्यहाँबाट हिडिन् । यो दृश्यलाई बिरालोका मालिक डेरिल र स्टेफेनीले फेस्बुक र यु ट्यूबमार्फत सम्प्रेषण गरी दिएका थिए । यो घटना दिनांक २४ अगस्तको दिन इङ्लिश शहर केाभेन्ट्रीमा घटेको थियो । यो दृश्यले त्यो महिला सर्वसाधारणको घृणाको पात्र बन्न पुगिन् । पाल्तु जनावर प्रेमीहरुबाट अनेकौं धम्की र गाली-गलौच खेपिरहेकी छिन् । बिरालोको मालिकले बिरालोलाई खाना दिने बेलामा नभेटाएपछि खोज्दै गरेको बेलामा मैला फाल्ने ढ्वाङबाट सानो म्याउँ गरेको आवाज सुनेर ढ्वाङ उघारेर हेर्न जाँदा त्यहाँ आफ्नो बिरालो लोला आफ्नै दिशामा बसिरहेको देखे । पहिले त ती दम्पतीलाई बिरालो आफैले ढक्कन खोलेर पसेको होला भनेर सोंचेका थिए, तर, पछि आफ्नो घरमा जडान् गरेको सीसीटीभीमा रेकर्ड हेर्दा एकजना महिलाले जनावारप्रति देखाएको क्रुरताले त्यस महिलालाई सजाए दिलाउनु पर्ने विचारले फेसबुक र यु ट्यूबमार्फत सम्प्रेषण गरेर पुलिस साथै आरपीसीएसलाई खबर गरेका थिए । बिरालोको मालिकले आफ्नो घर सडक छेउमा भएको हुनाले खतारनाक तीव्र गतिमा गाडी चलाउने मानिसहरुलाई रेकर्ड राख्नको लागि २ वर्षअघि सीसीटीभी जडान गरेका थिए । बिरालोका मालिक तथा मालिकनीअनुसार त्यो बिरालो १५ घन्टासम्म त्यो ढ्वाङभित्र थुनेको थियो । समाचारमा यदि त्यस महिलालाई पनि यसरी नै १५ घण्टासम्म मैलाको ढ्वाङभित्र थुनेर राख्दा कस्तो हुन्थ्यो होला भनेका थिए । तीनलाई उचित दण्ड दिनुपर्छ भनेका छन् । ती महिला ४५ वर्षीय, एकजना बैंक कर्मचारी रहेको अहिले प्रकाशमा आएको छ । तिनले आफ्नो अपराध स्वीकारेर ग्लानिवोध तथा पश्चाताप गर्दै मिडियामार्फत आम माफी मागेकीछिन् । आफ्नो भनाइ संचार माध्यमबाट, “यो मेरो अशोभनीय र पूर्णतया अव्यावहारिक कार्य कसरी मैले गर्न पुगे, त्यो मैले वर्णन गर्न सक्दिनँ र मेरो ध्येय लोला र तिनको मालिक र मालिकनीलाई आघात पुर्‍याउने विचार थिएन । मैले गरेको घृणित कार्यले अरुलाई दुःख पुर्‍याएकोमा म एकदमै क्षमा माग्न चहान्छु । मेरो क्षणिक सोचको कमजोरीले गर्दा आफूलाई नियन्त्रण गर्न सकिनँ । मैले गरेको गल्तीको लागि प्रहरी र आरपीएसलाई यस अपराधमा अनुसन्धान गर्नको लागि म स्वयं मदद्त गर्नेछु” भनेर सम्प्रेषण गरेकी छिन् । श्रोत – नेट, सुमल, मेस ।