बलात्कारीको कुकुर खेदाइ गरेर पक्डाउ

बलात्कारीको कुकुर खेदाइ गरेर पक्डाउ


लण्डन । बेलायती ३ जना महिला पर्यटकहरुलाई ग्रीकको होलिडे आइल्याण्डमा बलात्कार गरेको बलात्कारीलाई ऊ लुकेर बसेको पहाडी क्षेत्रीय जंगलबाट ६ दिनसम्म खोजी गरेर गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ । ३८ वर्षीय बलात्कारी डिमिट्रिज असपायटीसले ४ जना महिलाहरु, १७ वर्षदेखि ४७ वर्षसम्मकालाई बलात्कार गरेर कर्फ्युको घना जंगलमा, जुन ठाउँको उसलाई बढी ज्ञान थियो त्यस ठाउँमा भागेर लुकेको थियो । ४ जना मध्ये तीनजना बेलायती महिला पर्यटकहरु थिए । त्यस बलात्कारीलाई बि्रटिश र ग्रीक प्रहरीहरुको संयुक्त दस्ताले चारैतिरबाट भाग्ने ठाउँहरु नाकाबन्दी गरेर खाना, पिउन र उसित कसैलाई भेट्नबाट वंचित गरेर खेद्दै खोजेका थिए र अन्तमा उसलाई गिरफ्तार गरिएको थियो । कर्फ्युको प्रहरी प्रमुख यीओटीश थियोकारीसले जनाए अनुसार “एउटा जंगली कुकुर जसलाई त्यस ठाउँको बारेमा बढी ज्ञान थियो, त्यसलाई गिरफ्तार गर्न हाम सफल भयौं” भनेर जनाएका छन् । वनमान्छे भनेर चिनिने त्यो व्यक्ति आफ्नो बाबाआमा, भाइबहिनीसँग पशु बस्ने खोर जस्तो ठाउँमा बस्दै आएको थियो । त्यस परिवारको स्थाइ बस्ने ठेगाना थिएन र एकदमै गरिबीमा जीवन निर्वाह गर्दै आएका थिए । जंगलमा उसलाई देखेपछि प्रहरीले यातना दिने डरले त्यस व्यक्तिको आमाले मिडियामार्फत उसलाई पक्डाउ गरेको थियो । गिरफ्तार भएपछि त्यस व्यक्तिले पहिले घर गएर नुहाउने अनुमति मागेको थियो । ६ दिनसम्म जंगलमा भोकै बसेर केही नखाएकोले उसले प्रहरी हिरासतमा जानुभन्दा पहिले घर जाने अनुमति मागेको थियो । मिडियामार्फत उसले बेलायती महिलाहरुलाई बलात्कार तथा तिनीहरुलाई चोट पुर्याएकोमा माफी मागेको छ । अदालतमा उपस्थित भएर, “म र मेरा परिवार पशुसरी जीवन बिताउँदै आएका छौं । मेरो अतीतले गर्दा मैले कतै जागीर पाउन सकिनँ र समाजले मलाई बहिष्कार गरेको छ, हाम्रो बस्ने कुनै ठेगान छैन र जीविकाको लागि केही गर्न सक्ने स्थिति छैन । मलाई थाहा छ कुनै महिलाले मलाई स्वीकार गर्दैनन् त्यसकारण मैले आफ्नो यौन चाहाना पूरा गर्नलाई बलात्कार र डकैती गर्ने तरिका अपनाएको हुँ” भनेर न्यायधीशलाई बयान दिएको छ । अर्को महिनामा त्यस व्यक्तिको सुनवाइ हुँदैछ । श्रोत – नेट, सुमल, मेस ।