'वीरताको चिनो'को प्रदर्शन हुँदै

'वीरताको चिनो'को प्रदर्शन हुँदै


लण्डन । वर्ल्ड वाइड मुभी मेकर्स प़ालिको प्रस्तुति दोस्रो चलचित्र बीरताको चिनो, यही आउँदो सेप्टेम्बर ५ बाट यूकेको विविन्न शहरमा प्रदर्शन् हुन लाग्दै छ । यसअघि यो चलचित्र भर्खर मात्र अस्ट्रेलियामा पनि प्रदर्शन भयो, शंकर घिमिरेको निर्माण र निर्देशनमा बनेको यो चलचित्र नेपालमा तिहारमा ‘अल नेपाल’ एकसाथ प्रदर्शनमा आउने छ । जिन्दगी नै मोज-मस्तीमा बिताउनु पर्छ, रमाइलो गर्नु पर्छ, एकबार को जुनीमा जे मन लाग्यो त्यही गर्नु पर्छ, आफ्नो लागि सोच्ने हो, देशकालागि को सोच्छ ? भन्ने युवाहरु, पछि गएर कुनै एउटा कारणले कसरी आफ्नो देशको लागि ज्यान दिन्छन् ? वास्तवमा हामी सम्पूर्ण नेपालीहरु वीरको सन्तान, बीरताको चिनो हो भन्ने कुरालाई यो चलचित्र मा देखाउन खोजिएको छ ।
सुरेश अधिकारीको संगीत रहेको बीरताको चिनोका गीतहरु एकदमै राम्रो छ । बिराज भट्, रीचा घिमिरे, सुमन सिंह, कल्याण घिमिरे, रन्जना सापकोटा, सुशील पोखरेल, रामकृष्ण बजगाई, बिष्णु सापकोटा, किशोर भण्डारी, धुर्ब दत्त र साथमा नव प्रस्तुतिमा बेलायतमा रहँदै आएका स्थानीय कलाकार सन्तोष विश्वकर्माको अभिनय रहेको एस चलचित्रको शो-मा चर्चित नायिका रिचा घिमिरे पनि हुनेछिन् र साथमा उनका श्रीमान अर्थात् यस चलचित्रका निर्माता र निर्देशक शंकर घिमिरे पनि संगै हुने छन् । नायिका रिचा घिमिरे यसपालिको तीज आफ्नो बिवाह पछिको पहिलो तीज बीरताको चिनोको शोसंगै यूकेबासी नेपाली दिदी वहिनीहरुसंग मनाउने भएकी छिन् । यूकेका लगभग थुप्रै शहरहरुमा बीरता को चिनो प्रदर्श्न हुने छ, यस चलचित्रमा श्याम सुवेदी, श्याम कार्कीको पनि लगानी रहेको छ ।-नेस, लण्डन