क्रिकेट श्रृखलाबाट पाकिस्तानी खेलाडी निस्कासित

क्रिकेट श्रृखलाबाट पाकिस्तानी खेलाडी निस्कासित


लन्डन । इङ्गल्यान्डमा जारी क्रिकेट श्रृखलाका बाँकी खेलका लागि म्याच फिक्सिङको आरोप लागेका पाकिस्तानी खेलाडी सलमान बट, मोहमद आमेर र मोहमद आसिफलाई टोलीबाट निकालिएको छ । म्याच फिक्सिङ विवादको केन्द्रमा रहेका तीनै खेलाडी इङ्गल्यान्डको भ्रमण टोलीबाट निकालिएको टीम म्यानेजर यावर सइदले बताएका छन् । तर उनले ती खेलाडीलाई निलम्बन नगरिएको बताए ।

तीनै जना पाकिस्तानी खेलाडी अहिले लन्डनमा रहेका छन् । उनीले बेलायतस्थित पाकिस्तानी उच्चायुक्तलाई भेट्ने कार्यक्रम रहेको छ । सो वैठकमा पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्षमा इजाज बट पनि संलग्न हुने अपेक्षा गरिएको छ । सइदले २०-२० टोलीमा १३ खेलाडी मात्रै रहने एक दिवसीयमा टोलीमा भने तीन खेलाडीले प्रतिस्थापन हुने बताए। -मेस