चाकुधारी अपराधीलाई १२०३ वर्षको जेल सजाएँ

चाकुधारी अपराधीलाई १२०३ वर्षको जेल सजाएँ


लण्डन / लङ्ग बिच, क्यालिफोर्नियाका एकजना ४५ वर्षीय अपराधीलाई सन् २००८मा चोरी, डकैती र क्रमबद्ध रुपमा विशेष गरी महिलाहरुलाई लक्षित गरेर बक्सा काट्ने छुराले घाँटी रेटेर आतंक मचाएको थियो । त्यस अपराधीलाई अदालतले ४३३ वर्ष र त्यसमाथि थप एक्काईसवटा आजीवन कारावासको जेल सजाएँ दिएको समाचार प्रकाशमा आएको छ । उसलाई बक्सा कटुवा छुरी बोक्ने अपराधी भनेर स्थानीयवासीहरुले चिन्दछन् । जेल सजाएँको कूल अवधि ४३३ वर्ष र एक्काईसवटा आजीवन कारावास मिलाउँदा १२०३ वर्ष रहेको हिसाब समाचारमा प्रकाश गरेका छन् ।
चार्ल्स जुआन प्रोक्टर नाम गरेको अपराधीलाई २२वटा सांघातिक अपराधमा दोषी पाइएको थियो । प्रोक्टरलाई ६वटा डकैतीमा मुख्य गरेर महिलाहरुलाई आफ्नो व्यावसायिक काममा एक्लै व्यस्त भएको बेला लक्षित गरी आफ्नो शिकार बनाएको प्रमाणित भएको छ । वकिलहकाअनुसार त्यस अपराधीले महिलाहरुलाई बक्सा काट्ने छुराको टुप्पो घाँटीमा तेर्स्याएर तर्साउँदै लु्ट्ने गर्दथे । दुर्इजना महिलालाई लुट्न खोज्दा प्रतिकारमा ती महिलाहरु अपराधीसँग लडेका थिए र ती दुबैजनालाई छुराले घाटी रेटेर घाइते बनाइएको थियो जसमा एकजना छुराको गहिरो घाउबाट मृत्यु हुँदा-हुँदै बचेकी थिईन् । घाइते भएकी एकजना महिला, साइदा उरियोर्टकाअनुसार त्यस घटनाको सम्झना मात्रले बेला बेलामा आफूलाई झस्को आउने र त्रासित अनुभूति हुने कुरा व्यक्त गरेकी छिन् । ती महिलाको बयानको एउटा अंश हिजो सोमबार डिपुटि डिस्ट्रिक्ट एटोर्नी, क्यारोन रोजले पढेर अदालतमा सुनाएकी थिईन् – “जतिपल्ट म ऐनामा आफ्नो अनुहार हेर्छु, मलाई त्यो भयानक घटनाको सम्झनाले सताउँछ” । अर्की घाइते भएकी महिलाले त्यस घट्नापछि आफूले राम्रो काम गर्न नसकेकी र आफ्नो दिनचर्यामा गहिरो प्रभाव परेको भनेर बताएकीछिन् । लङ्ग बिच सुपरिअर कोर्टका न्यायधीश फेरारीले अपराधीलाई सजाएँ सुनाउँदा, “तिमी एकजना ह्रिंस्रक र खतारनाक मान्छे हौ, तिम्रो अपराधमा पीडितहरुलाई तिमीले चरम नीचताको पाराकाष्ठ दर्शायौ र ती महिलाहरुलाई तिमी जुन व्यावहार गर्‍यौ त्यो बिलकुलै क्षमायोग्य छैन । तिमीलाई लङ्ग बिच र हवाइयान गार्डेनको कुनै बाटोमा हिँड्ने अधिकार छैन, वास्तवमा तिमीलाई यो देशको कुनै पनि बाटोमा हिँड्ने अधिकार छैन” भनेर सजाएँ सुनाएका थिए । श्रोत – नेट, सुमल, मेस ।