संखुवासभा तमू समाज हङकङको विधान सार्वजनिक

संखुवासभा तमू समाज हङकङको विधान सार्वजनिक


हङकङ । सन् २००९ मा स्थापित संखुवासभा तमू समाज हङकङको विधान सेप्टेम्वर ४ शनिवार जोर्डनस्थित मनकामना रेष्टुरेण्टमा भब्य कार्यक्रमको आयोजना गरी सार्वजनिक गरियो । विधान मस्यौदा उपसमितिका संयोजक एवं समाजका सल्लाहकार उपेल्द्र कोरङ्गीले हालसम्म विद्यमान रहेको अन्यौलताको स्थिति अन्त भएकोले आगामी दिनमा यो समाजले विधानको मार्ग निर्देशनलाई पालना गर्दै गुणात्मक फड्को मार्ने आशा ब्यत्त गरे । यस्तो गहन जिम्मेवारी समाजले आफूलाई सुम्पेकोमा समाजप्रति आभार प्रकट गर्दै उप-समितिका सम्पूर्ण सदस्यहरुलाई सहयोगको निम्ति धन्यवाद दिए । समाजका उपाध्यक्ष अजम्वर घलेबाट सबैमा स्वागत गरिएको सो कार्यक्रममा विधान उपसमितिका सदस्य एवं समाजका कोषाध्यक्ष सल बहादुर कोरङगीले सकेसम्म गल्ती-कमजोरी नहोस् भनी सावधानी अपनाएको तैपनि भएको गल्ती-कमजोरीलाई आगामी अधिवेशनहरुमा संशोधन गर्दै लैजानु पर्ने कुरा ब्यक्त गरे । करीव ३ घण्टासम्म सञ्चालित सो कार्यक्रममा २० देखि २५ जनाको सहभागिता थियो । अन्तमा समाजका अध्यक्ष लाल बहादुर गुरुङले सभापतिको तर्फबाट यो समाजले संखुवासभाली गुरुङहरुलाई एकत्रित गर्न महत्वपूर्ण भूमिका खेल्ने मात्र नभई सबै गुरुङहरुको धर्म संस्कृति संरक्षण र सम्वर्धन गर्नमा एउटा इंटा थप्ने कुरा बताउ“दै उत्त कार्यको निम्ति सबैले आ-आपनो ठाउ“बाट सहयोग गर्न सबैमा आग्रह गर्दै कार्यक्रमको समापन गरेकाथिए । समाजका सल्लाहकारद्वय हर्क बहादुर गुरुङ र ज्ञान बहादुर गुरुङ अनि भूपू उपाध्यक्ष कर्ण कोरङ्गीको समेत उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन सचिव नयन गरुङले गरेका थिए । – कोरङगी प्रेम