वीरता को चिनो प्रिमियर शो

वीरता को चिनो प्रिमियर शो


लण्डन । वोक फम स्कुल, फार्नबोरोमा नेपाली चल्चित्र वीरता को चिनो प्रिमियर शोको प्रदर्शन भएको थियो, चलचित्र हेर्नका लागि न्यून दर्शकहरु उपस्थित भएका थिए। वर्ल्ड वाइड मूभि मेकर्स प्रालिको प्रस्तुति दोस्रो चलचित्र बीरताको चिनो मा शंकर घिमिरेको निर्माण र निर्देशनमा बनेको चलचित्रमा बिराज भट्, सुमन सिंह, ध्रुव दत्त, कल्याण घिमिरे, रीचा घिमिरे, रन्जना शर्मा, सुशील पोखरेल आदि कलाकारको अभिनय रहेको छ, वास्तवमा सम्पूर्ण नेपालीहरु वीरको सन्तान, बीरताको चिनो हो भन्ने कुरालाई यो चलचित्र मा देखाउन खोजिएको छ ।

यस चलचित्रमा श्याम सुवेदी, श्याम कार्कीको लगानी रहेको छ । सुरेश अधिकारीको संगीत रहेको बीरताको चिनोका गीतहरु एकदमै राम्रो छ, मुख्य कलाकारहरूको भूमिका रहेका बिराज भट्, सुमन सिंह, ध्रुव दत्त अभिनयलाई दर्शकले सर्वाधिक मनपराएइको थियो । ध्रुव दत्त यही लण्डन का कलाकार हुन् , उनको उत्कृष्ट अभिनयलाई दर्शकले तालीले स्वागत गरेका थिए। यस चलचित्रको शो-मा नायिका रिचा घिमिरे र साथमा उनका श्रीमान अर्थात् यस चलचित्रका निर्माता र निर्देशक शंकर घिमिरेको पनि संगै उपस्थिति रहेको थियो । -राज नेपाल
click here to view the rest of the photographs, Pictures by Kumar Sunar